पाँचथर,  माघ १४ / पाँचथर पावर कम्पनीको आइपिओमा पर्याप्त आवेदन नपरेपछि आवेदन दिने समय थप गरिएको छ ।

पाँचथरले आयोजना प्रभावितका लागि आइपिओ बिक्रि खुला गरेको थियो । माघ १४ गतेसम्म आवेदन दिने समय तोकिएपनि यस समयमा पर्याप्त आवेदन नपरेपछि समय थप भएको छ । अब माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले ९ लाख ६२ हजार ५ सय कित्ता आइपिओ बिक्रिमा ल्याएको हो । यसमा पाँच्थर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुङ गाउँपालिका स्थानीय बासिन्दाले आवेदन दिने पाउँनेछन् ।

पाँचथर पावरको प्रतिमेगावाट लागत १७ करोड ५४ लाख ८७ हजार रुपैयाँ रहेको छ । यसकोृ लगानी फिर्ता हुन करिब ९ बर्ष लाग्नेछ ।

केयर रेटिङ नेपालले यो आइपिओको लागि ग्रेड ४ रेटिङ दिएको छ । यसले आगामी १२ वर्षको औसत इक्विटी प्रतिफल १०.३३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

Facebook Comments Box