लायन्स क्लव अफ इन्टरनेशनको बैठक दमकमा

दमक, माघ १९ / दमकमा आगामि माघ १९ गते हुने लायन्स क्लव अफ इन्टरनेशन ३२५ ए वानको तेस्रो रेगुलर बोर्ड बैठकको अन्तिम तयारी पुरा भएको लायन्स विमल शर्माले जनाएको छन् ।


लायन्स क्लव अफ दमक स्टर्न लायन, लखनपुर र स्वीटसिटीको संयोजनमा हुने बैठकको तयारी अन्तिम चरणमा पुगेको संयोजक विश्वासकुमार काश्यपले बताए । महोत्सवलाइ अविष्मरिणय बनाउनका लागि बिभिन्न उपसमितिहरु गठन गरेर तयारीलाइ तिब्र बनाईएको बैठक प्रचारप्रसार समितिका संयोजक विमल शर्माको भनाइ छ ।
उनका अनुसार ५ सयभन्दा बढि देशभरका लायन्स लिडर तथा लायन्सकर्मीहरु सहभागिता जनाउनेछन् । बैठक दमकको सुविधा सम्पन्न कन्काइ पार्टी प्यालेसमा हुनेछ । यसैबीच बोर्ड बैठकलाइ स्मरणीय बनाउनका लागि आकर्षक स्मारिका पनि प्रकाशन गरिने जनाइएको छ ।
Facebook Comments Box