हेलिकोप्टर दुर्घटना = शव आज काठमाडौं पठाइँदै

१६, २०७५ ताप्लेजुङ/ हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायतको शव नेपाली सेनाले बिहीबार काठमाडौँ पठाइँदैछ। बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ। अन्य शव वर्षा र हिउँका कारण उद्धार गर्न सकिएको थिएन। उक्त तीन शव बिहीबार बिहान सेनाको हेलिकोप्टरद्वारा ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पु¥याएलगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो।

