फागुन १६, २०७५ उदयपुर / बालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बुधबार उदयपुरको कटारी नगरपालिका ८ मा रहेको जनप्रिय आधारभूत विद्यालयका सिरिसेका अस्थायी शिक्षक २८ वर्षीय विनोद लोहनी पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईका अनुसार पढाउने बहानामा घरमा प्रवेश गरी १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्दागर्दै परिवारले रंगेहात समातेर प्रहरीलाई बुझाएको हो। आरोपितविरुद्ध परिवारले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिएका छन्। पक्राउ परेका आरोपितलाई प्रहरी हिरासतामा राखी अनुसन्धान भइरहेको एसपी राईले बताए।

Facebook Comments Box