समाज गेट ढल्दा विद्यार्थीको मृत्यु

१५, २०७५ दमक, झापा / दमकस्थित जनता प्राथमिक विद्यालयको गेटले किचेर बुधबार एक विद्यार्थीको मृत्यु भएको छ। कानेपोखरी घर भई साविक दमक १० मा बसोबास गर्दै आएका धुक्का हेमरमका छोरा ७ वर्षका बिजेन्द्रको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। उनी विद्यालयको वाल कक्षामा अध्ययन थिए। उपचारका लागि ल्याउदै गर्दा उनको मृत्यु भएको जनाइएको छ। घटनाका बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।


Facebook Comments Box