नगरसभाद्धारा विभिन्न कानुनका मस्यौदाहरु पारित

दमक ,१५ फागुन / झापाको दमक नगरपालिकाको चौथो नगरसभाले गत शुक्रबार सभामा पेश गरेका बिभिन्न कानुनका मस्यौदाहरु आज वुधबार सर्बसम्मत पारित गरेको छ । गत शुक्रबारबाट शुरु भएको नगर सभामा बिभिन्न ऐन पारित गरि आज सम्पन्न भएको हो । नगरसभाको पहिलो दिन बिभिन्न बिषयका संयोजकहरुले पेश गरेको मस्यौदामाथि बृहत छलफल गरिएको छ । नगर सभाले आर्थिक ऐन २०७५, बिनियोजन ऐन २०७५, सडक एैन २०७५, सहकारी ऐन २०७५, तथ्याङक तथा अभिलेख ऐन २०७५, स्वास्थ्य तथा सरसफाई ऐन २०७५ चौथो नगर सभाबाट सर्वसम्मत पारित गरेको नगर प्रमुख रोमनाथ ओलीले बताए ।
पारित भएको ऐन राजपत्रमा प्रकाशित भए पश्चात लागु हुने जनाइएको छ । यी ऐन कार्यान्वयन भए पछि नगरले बिकास निर्माणमा फड्को मार्ने र समृद्ध दमक हुन थप टेवा पग्ने छ । चौथो नगरसभालाई प्रदेश सभा सदस्य अर्जुन राईले सम्बोधन गरेका थिए ।

