सत्ता छाड्दै बेलायती प्रधानमन्त्री मे

चैत १४, २०७५ / बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपियन युनियनबाट अलग हुने ब्रेक्जिट डिलमा कन्जरभेटिभ पार्टीका सांसदहरूले समर्थन गरे सत्ता छोड्न तयार रहेको बताएकी छिन्। ब्रेक्जिट प्लानका आठ सम्भावित विकल्पमा भएको मतदानमा हाउस अफ कमन्समा कुनै पनि विषयमा बहुमत प्राप्त नभएपछि प्रधानमन्त्री मेले यस्तो घोषणा गरेकी हुन्। उनले देश र पार्टीका लागि सही काम गर्ने मौका दिन आफू पूर्व्निर्धा्रित उद्देश्यभन्दा पहिले नै पद छाड्न तयार रहेको बताएकी छिन्। उनले ब्रेजिक्ट डिललाई कुनै पनि हालतमा सफल बनाउन उनले कन्जरभेटिभ पार्टीका सांसदहरूलाई आग्रह गरिन्। युरोपियन युनियनबाट अलग हुने बेलायती प्रधानमन्त्री मेको प्रस्ताव बेलायती संसदबाट पटक–पटक अस्वीकृत हुँदै आएको छ।


Facebook Comments Box