झापामा अब स्थानीय तहगत आलोपालो सेवा 

झापा – जिल्ला प्रशासन कार्यालय झापाले अबदेखि स्थानीय तहगत आलोपालो सेवा प्रदान गर्ने भएको छ।

कोरोना भाइरस संक्रमणको बढ्दो स्थितिलाई मध्यनजर गर्दै आलोपालो प्रणालीमा सेवा दिने भएको हो।

जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार एक सूचना जारी गर्दै १६ गतेदेखि लागू हुने गरि आलोपालो सेवा प्रवाह गर्ने जनाएको छ।

नागरिकता र नागरिकताको प्रतिलिपि लिन आउनेको चाप बढी भएको भन्दै आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले आइतबार सेवा पाउनेछन् भने भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाका सर्वसाधारणले सोमबार सेवा पाउनेछन्।

विर्तामोड नगरपालिकाका नागरिकले मंगलबार सेवा पाउँदा कनकाई नगरपालिका र झापा गाउँपालिकाका नागरिकले बुधवारमात्र सेवा पाउनेछन्।

बाह्रदशी र हल्दिवारी गाउँपालिकाका नागरिकले बिहीबार मात्र प्रशासनबाट नागरिकता सम्बन्धी सेवा पाउनेछन् भने अर्जुनधाराका नागरिकले शुक्रबारमात्र पालो पाउनेछन्।

तोकिएको दिनबाहेक अन्य दिनमा जाने सेवाग्राहीले सेवा नपाउने प्रशासनले जनाएको छ।

दमक र गौरीगञ्ज इलाका क्षेत्रका सर्वसाधारणका हकमा भने कार्यालय खुलेका सबै दिन सेवा पाउने सूचनामा उल्लेख छ।

बुधबार, १५ बैशाख, २०७८, बिहानको ०८:१४ बजे

सम्बन्धित खवर