गौरादहका भित्री सडकहरु धमाधम कालोपत्रे हुँदै

बैकल्पिक खवर

गौरादह / झापाको गौरादह नगरपालिकाका भित्री सडकहरु यस बर्षबाट धमाधम कालोपत्र गर्ने सुरु गरिएको छ। गत आर्थिक बर्षहरुमा भित्री सडकहरु बिस्तार र उच्चस्तरीय ग्राभेल गरिदै आएपनि यस आर्थिक बर्षदेखि भित्री सडकहरु प्राथमिकताका आधारमा कालोपत्र पिच गरिन थालिएको हो।

गौरादह नगरपालिका वडा नं-१ को सितापुरी चौक देखि पुर्ब ५ सय ४० मिटर सडक कालोपत्र गरिएको छ।चौडाइ ५.५ मिटर र मोटाइ ४ सेन्टीमिटर रहने गरि निर्माण गरिएको सडक सघन सहरी बिकासको ३२ लाख ४५ हजार ५ सयको लागतमा कालोपत्र गरिएको हो। भिमेस्वर कन्ट्रक्सन प्रा.लि. बिराटनगरले सो सडक कालोपत्र गर्ने कार्यको जिम्मा पएको थियो।

गौरादह नगरपालिका वडा नं-७ को ग्वालडुब्बा देखि पूर्बको सडकपनि ड्रेन सहित कालोपत्र गर्ने कार्य थालिएको छ। ग्वालडुब्बा देखि पूर्ब यस आर्थिक बर्षमा १ सय ४५ मिटर सडक कालोपत्र गरिएको छ।भिमेस्वर कन्ट्रक्सन प्रा.लि. ले कालोपत्र गरेको सडकको चौडाइ ७.५ मिटर र मोटाई ४ से.मि. रहेको छ। सघन सहरी बिकासको भ्यट बहेक ३० लाखको लगानीमा सडक कालोपत्र गरिएको हो।

गौरादह नगरपालिका वडा नं-१ को नवदुर्गा पेट्रोल पम्प देखि गौरादह बजार सम्मको सडक पनि कालोपत्र गरिएको छ।सिंह एण्ड ब्रदर कन्ट्रक्सन प्रा.लि.ले कालोपत्र गर्ने जिम्मा पाएको थियो।सघन शहरी बिकासको २ करोड ७० लाखको लगानीमा ड्रेन सहित कालोपत्र गरिएको हो। पेट्रोल पम्प देखि बजार सम्म १ हजार ४ सय मिटर लम्बाइको सडक चौडाइ बजार क्षेत्रमा ९ मिटर र अन्य ठाउँमा ७ मिटर राखि कालोपत्र गरिएको छ।

भित्रि सडक कालोपत्रे अन्तर्गत गौरादह-१ को सितापुरीबाट रम्पुर सम्म ९ सय ५० मिटर सडक कालोपत्र भएको छ।सडक डिभिजन कार्यलयको ६५ लाखको टेन्डरमा सडक कालोपत्र गरिएको वडा नं-१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी गराए।

त्यसैगरी गौरादह नगरपालिका वडा नं-३ को धोबिनिया चौक देखि पश्चिम १ किलोमिटर सडक कालोपत्र गरिएको छ। प्रदेश नं-१ प्रदेश सरकारको ७० लाखको लगानीमा ५.५ मिटर चौडाई राखेर कालोपत्र गरिएको वडा नं-३ का वडाध्यक्ष गजेन्द्र घिमिरेले बताए।

त्यस्तै गौरादह नगरपालिका वडा नं-३ को गुराँस चौक देखि पश्चिम ४५० मिटर लम्बाइको सडक कालोपत्र गरिएको छ।प्रदेश सरकारको १ करोडको लगानीमा एउटा पुल सहित कालोपत्र गरिएको छ। सो सडकको बाँकी खण्ड १ हजार ५ सय मिटर सडक कालोपत्र गर्न २ करोडमा ठेक्का लागि सकेको वडाध्यक्ष घिमिरेले बताए । – onlinebichar बाट

बुधबार, १५ बैशाख, २०७८, बिहानको ०९:४८ बजे

सम्बन्धित खवर