जनमोर्चाका सांसद बेपत्ता , प्रदेशसभामा बैठक स्थगित

बैशाख १५, पोखरा / राष्ट्रिय जनमोर्चाका एक संसद् बेपत्ता भएपछि गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल भइरहेको समयमा राष्ट्रिय जनमोर्चाका एक सांसद बेपत्ता भएको भन्दै प्रदेशसभा सचिवालयमा खोजी गर्न मागसहित पार्टीले निवेदन दिएको थियो ।

प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित रहेको र उनी सम्पर्कविहीन रहेपछि सोही पार्टीका तर्फबाट सांसद पियारी थापाले केहीबेर अघि प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् । उनले सांसद शाही सम्पर्कविहीन भएको भन्दै खोजीका लागि निवेदन दिँदै प्रदेशसभा बैठक स्थगनका लागि माग गरेकी थिइन् ।

बुधबार, १५ बैशाख, २०७८, साँझको ०५:११ बजे

सम्बन्धित खवर