जेठ १४, २०७६ काठमाडौं /  नेपालमा स्वास्थ्य संस्थामा गएर उपचार गर्ने मानिसको संख्या घट्दै गएको छ। गत वर्षमा भन्दा चालु आर्थिक वर्षको ८ महिनामा सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट बहिरङ्ग सेवा लिने बिरामी घट्दै गएका हुन्। चालु आवको ८ महिनामा एक करोड पाँच लाख ३२ हजार ३२५ पटक बहिरङ्ग सेवा लिएको तथ्यांकले देखाएको छ। नेपालका हरेक अस्पतालमा औषत प्रतिदिन ४३ हजार ८८५ ले ओपिडी सेवा लिने गरेको आर्थिक सर्वेक्षणले देखाएको हो। गत आर्थिक वर्ष भने ओपिडी सेवा दुई करोड १३ लाख ४९ हजार ५१६ थियो। यो संख्यालाई प्रतिदिनको औषत निकाल्दा ५८ हजार ४९२ देखिन्छ। जसले गत वर्षको तुलनमा यस वर्ष ओपिडी सेवा लिन जाने बिरामीको संख्या प्रतिदिन १४ हजार ६०७ ले घटेको देखिन्छ। यस्तै सोमबार मात्र सार्वजनिक गरिएको चालु वर्षको आठ महिनाको आर्थिक सर्वेक्षणमा आकास्मिक सेवा लिने बिरामीको संख्या आठ लाख ७५ हजार दुई सय एक छ। आघिल्लो आर्थिक वर्ष आकास्मिक उपचार सेवा लिने संख्या २० लाख ४७ हजार तीन सय २३ थियो। तथ्याङ्कले अस्पतालमा आकास्मिक सेवा लिने बिरामीको संख्या घट्दै गएको देखाएको छ। अघिल्लो वर्षको तुलनमा यो वर्ष अनुसार औषतमा प्रतिदिन ५ हजार ६०९ ले आकस्मिक सेवा लिएका थिए। गतवर्ष र चालु आर्थिक वर्षको तुलना गर्दा आकस्मिक सेवा लिनेहरुको संख्या प्रतिदिन १ हजार ९६२ जनाले घटेको देखिन्छ। २ हजार ३३८ ले चिकित्सक लाइसेन्स पास गरे चालु आ.व.को फागुनसम्ममा मेडिकल काउन्सिलबाट २ हजार तीन सय ३८ जनाले चिकित्सक लाइसेन्स पास भएका छन्। दर्ता भएका मेडिलकतर्फका २१ हजार ३३ जना चिकित्सकमध्ये महिलाको संख्या ६ हजार ९०७ जना ३३ प्रतिशत छ। मेडिकलतर्फ पुरुष चिकित्सकको संख्या १४ हजार १२६ पुगेको छ। यो कुल चिकित्सक संख्याको ६७ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। दन्त चिकित्सक महिला धेरै तथ्याङ्कले नेपालमा मेडिकलमा पुरुष चिकित्सक धेरै देखाए पनि डेन्टलतर्फ महिला चिकित्सक धेरै देखाएको छ। चालु आर्थिक वर्षमा मेडिकलतर्फमा २ हजार तीन सय ३८ जना चिकित्सक मात्र लाइसेन्स परीक्षा पास गरेका थिए। पुरुषको संख्या एक हजार २७४ अर्थात ६५ प्रतिशत रहेको छ। मेडिकलतर्फ यो वर्ष लाइसेन्स पास गर्ने महिला चिकित्सकको संख्या ६९० अर्थात् कुल संख्याको ३५ प्रतिशत छ । तर, डेन्टलतर्फ भने पुरुष भन्दा महिला चिकित्सक धेरै देखिएका छन्। डेन्टल चिकित्सक पुरुष भन्दा महिला धेरै छन्। काउन्सिलमा हालसम्म दर्ता २ हजार ७१८ दन्त चिकित्सकमध्ये १ हजार ७१७ जना अर्थात ६३ प्रतिशत महिला छन्। पुरुषको संख्या ९९९ जना अर्थात् ३७ प्रतिशत मात्रै छ।

Facebook Comments Box