कमल असार १३ सुक्रबार
कमल गाँउपालीका – ३ केर्खा बजारमा रहेको निहारीका अंग्रेजी माध्यमिक विद्यालयले यसपटको एस इइ परिक्षामा ए प्लस सहित सतप्रतिशत विद्यार्थी उत्रिण गराउन सफल भएको छ । गत चैत्रमा लीइएको एसइइ परिक्षामा निहारीका बाट ४९ जना बिद्यार्थी सामेल भएका थीए .हिजो प्रकाशित नतिजा अन’सार जम्मा सामेल बिद्यार्थीह? मध्ये ए प्लस -१० जना , ए- २० जना र वि प्लस- १९ जना सहित सबै बिद्यार्थी सफल भएको विद्यालयका संस्थापक युबराज बरालले जानकारी दिए ।
विगतका बर्षहरुमा पनि निरन्तर उत्कृष्ट नतिजा निकालीरहेको यो बिद्यालयलाइ गाँउपालीका कै राम्रो विद्यालयको रुपमा हेरिन्छ । प्राप्त नतिजालाइ सकारात्मक रुपमा लींदै बरालले सबै विद्यार्थी अभिभाबक, बिद्यालय परिवार तथा सरोकारवाला सबैलाइ धन्यवाद दिएका छन । साथै निरन्तर राम्रो नतिजा निकालेर गाँउपालीका तथा आसपासका क्षेत्रमा सकारात्मक प्रभाब छोडेको यस विद्यालयले अभिभाबक र विद्यार्थीहरुको आवश्यकता र चाहानालाइ मध्यनजर गर्दै गत शैक्षीक सत्र बाट व्यबस्थापन संकाय तर्फ कक्षा ११ र १२ को पठनपाठन सरु गरिएको बिद्यालयले जनाएको छ ।

Facebook Comments Box