अर्जुनधारा, असार १३ सुक्रबार
अर्जुनधारा ८ मा रहेको एम्स एकेडेमी अंग्रेजी माध्यमिक विद्यालयले यसपटको एस इइ परिक्षामा ए प्लस सहित सतप्रतिशत विद्यार्थी उत्रिण गराउन सफल भएको छ . गत चैत्रमा लीइएको एसइइ परिक्षामा एम्स एकेडेमी बाट जम्म २९ जना बिद्यार्थी सामेल भएका थीए। हिजो प्रकाशित नतिजा अनुसार जम्मा सामेल  विद्यार्थीहरु मध्ये ए प्लस- ३ जना , ए -१३ जना र वि प्लस- १३ जना सहित सबै बिद्यार्थी सफल भएको विद्यालयका संस्थापक टि आर गौतमले जानकारी दिए ।
विगतका बर्षहुमा पनि निरन्तर उत्कृष्ट नतिजा निकालीरहेको यो संस्थाकोे यसपाली वि प्लस भन्दा तलको नतिजा नरहेको विद्यालयले जनाएको छ । प्राप्त नतिजालाइ सकारात्मक रुपमा लींदै गौतमले सबै विद्यार्थी अभिभाबक, बिद्यालय परिवार तथा सरोकारवाला सबैलाइ धन्यवाद दिएका छन । साथै निरन्तर राम्रो नतिजाका लागी आगामी दिनहरुमा अभिभाबक र विद्यार्थीहरुको आवश्यकता र चाहानालाइ मध्यनजर गर्दै अगाडी बढने विद्यालयले जनाएको छ ।

Facebook Comments Box