बुद्धशान्तीमा समायोजन सम्पन्न, अध्यक्षमा दुर्गा नेम्बाङ्ग

झापा जिल्ला बुद्धशान्ती गाउँपालिकामा नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजबादी फोरम, नेपाल बिच पार्टी एकता भई समाजवादी पार्टी, नेपाल गठन भएको छ । हिजो सम्पन्न भएको समायोजन कार्यक्रमले दुर्गा नेम्बाङ्गको अध्यक्षतामा १९ सदस्यीय नयाँ समिती घोषणा गरेको हो । समितीमा उपाध्यक्ष कमल भट्टराई सचिब डिल्लि हुमागाई , सहसचिव लक्ष्मि चौधरी, कोषाध्यक्ष नेत्र सुवेदी ,सदस्यहरु क्रमशः डिल्ली आचार्य,अर्जुन खेवा, सितल चौधरी , डिल्ली माबो , चेतन आचार्य , फुल कुमारी चौधरी ,अनिता चौधरी ,निर्मला लिम्बु ,निर्मल रेग्मी ,ठाकुर भट्टराई ,सन्तोष निरौला ,जीवन अछामे ,पदम बहादुर बिष्ट र गोपाल पन्धाक रहेका छन ।


उक्त गाँउपालीका समायोजनका लागी गठीत कार्यदलको संयोजक हरिनारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टी, नेपालका केन्द्रिय सदस्य तेजलाल कर्ण, विशिष्ट अतिथि केन्द्रिय सदस्य धन प्रसाद गुरुङ, अतिथिहरु केन्द्रिय सदस्य देब कला प्रसाईं, केन्द्रिय सदस्य भक्त खेवाङ्ग, केन्द्रीय सदस्य देउकुमार नेम्वाङ, केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद राधा थापा, दुबै पार्टीका जिल्ला नेतृत्व बिर बहादुर श्रेष्ठ , दिपेनब वाला राइ , पुर्व नया शक्ति विद्यार्थी युनियनका सचिव तथा १ नम्बर प्रदेश इन्र्चाज दिनेश दंगाल, युवा संगठनका १ नम्बर उपाध्यक्ष पवन विष्ट, महिला नेतृ पनिता ढकाल, सांस्कृतिक बिभागका रोम घिमिरे, पुर्व नया शक्ति झापाका उदय गुरुङ, भिमराज राइ लगायत दुबै पार्टीका प्रदेश तथा जिल्ला नेतृत्वको आतिथ्यता रहेको समायोजन कार्यदलका सदश्य गोकुल हुमागाँइले जनाएका छन । । कार्यक्रमको सञ्चालन ओम प्रकाश खापुङले गरेका जनाइएको छ ।