हनुमान कम्प्लेक्समा आगलागी २ पसल जल्दा २ करोडको क्षति

दमक / झापाको विर्तामोडमा रहेको हनुमान कम्प्लेक्समा शनिबार साझँ आगलागी भएको छ । आगलागीका कारण कम्प्लेक्सको भुँइतलामा रहेका दुईवटा पसल जलेका छन् ।
करिब डेढ घण्टाको संघर्षित प्रयासपछि आगलागी नियन्त्रणमा आएको थियो । कम्प्लेक्सको बीचमा रहेको इर्की जुत्ता पसलमा विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो ।


आगलागीबाट इर्की जुत्ता पसल र सामसुंगको मोबाइल डिलर जल्दा करिब २ करोड बराबरको क्षति भएको व्यापारीलाई उद्ध्रित गर्दै इलाका प्रहरीका कार्यलय विर्तामोडका प्रहरी नायव निरीक्षक मोहन कुमार थापाले बताएका छन् । आगो नियन्त्रणका लागि विर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिएको थियो । स्थानीयबासी र सुरक्षाकर्मीको लामो प्रयासपछि करिब राति साढे आठ बजे आगो नियन्त्रणमा आएको जनजाइएको छ ।
Facebook Comments Box