बराह रजत महोत्सवको तयारी पूरा, बिभिन्न प्रर्दशनि सहित असोज १५ गते सम्म भारी छुट

दमक नेपालकै प्रतिष्ठित व्याबसायीक संस्था बराह ग्रुपको २५ औं व्यवसायिक रजत महोत्सवको तयारी पूरा भएको जनाइएको छ । हिजो धरानमा आयोजित पत्रकार सम्मेलनमा बराह ग्रुपले सो जानकारी दिएको हो । आगामी असोज १३ गते वार्षिकोत्सव तथा २५ वर्ष पुगेको उपलक्ष्यमा २५ औं व्यवसायिक उत्सव मनाउन लागीएको बराह ग्रुपका संचालक सदस्य तथा धरान शाखा प्रमुख मान बहादुर दियालीले बताएका छन ।संर्धैका बर्षहरु भन्दा १ हप्ता पछाडी मनाउन लागीएको यो उत्सब नियमित बार्षिक उत्सबमात्रै नभएर ब्याबसायीक निरन्तरताको २५ आँै बर्षगांठ पनि हो । बराह ग्रुपका परिकल्पनाकार तथा संस्थापक अभिभाबक आदरणीय ब्याक्तित्व स्बर्गीय इन्द्रकुमार लामीछानेको जन्मदिनको अवसर पारेर बराह ग्रुपले आफ्रनो ब्यावसायीक यात्राले सफलतार्पुवक २५ बर्ष पुरागरेको उपलक्ष्यमा रजत जयन्ती मनाउन लागेको हो ।


उक्त दिन परम्परागत तथा आधुनिक गरगहना प्रदर्शनी एवं जानकारी, ज्वेलरी प्रदर्शनी, डाइमण्ड, सुन र चाँदीबाट बनेका गरगहनाहरु प्रदर्शनीमा राखिएको शाखा प्रमुख एवम् सञ्चालक दियालीले जानकारी दिए । प्रत्येक वर्ष भाद्र ५ गते मनाउँदै आएको बराह ज्वेलरीले आफ्रनो स्थापना एवम् वार्षिकोत्सव वर्ष असोज १३ गते मनाउने भएको हो । यसपटक रजत जयन्ती पनि परेकाले व्यवस्थित र भब्यरुपमा मनाउनकालागी कार्यक्रम सारिएको दियालीले जानकारी दिए ।
सोही दिन ७ बजेबाट रक्तदान, कृषि परिकारका प्रदर्शनी एवं जानकारी, बराह डिपार्टमेन्टल स्टोर, सदस्य कार्ड तथा छुटको कुपन वितरण, बराह फेमिली किचनका विभिन्न परिकारको जानकारी, परम्परागत तथा आधुनिक गरगहना निर्माणको प्रत्यक्ष अवलोकन राखिएको अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिए साथै ज्वेलरी फेसन शो, स्थानीय तथा राष्ट्रिय कलाकारमार्फत् मनोरञ्जनात्मक कार्यक्रम राखिएको उनले बताए । यस्तै, रजत महोत्सवकै अवसरमा संस्थापक स्व. इन्द्रबहदुर विश्वकर्माको स्मृतिमा प्रकाशित पुस्तकको विमोचन, उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई गोल्डमेडल, बराह डिपार्टमेन्ट स्टोरका ग्राहकलाई उपहार वितरणा, १७ हजार २ सय ४ जना ग्राहकमध्येबाट एकजनालाई भाग्यशालीलाई भेष्पा स्कुटी प्रदान, सञ्चारकर्मीलाई सम्मान तथा प्रोत्साहनको कार्यक्रम पनि राखिएको शाखा प्रमुख दियालीले जानकारी दिए ।
शाखा प्रमुख दियालीले बडादशैं तथा २५ औं रजत महोत्सवका अवसरमा डिपार्टमेन्टमा सामान खरिदमा २ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए । ‘समयमै सम्पूर्ण ग्राहक, शुभचिन्तकलाई छुटको अवसर लिन हुन अनुरोध गरिन्छ । उनले भने ।
कार्यक्रममा समूहले प्रदेश नं. १ को प्रमुख पर्यटकीय गन्तव्य नाम्जेमा पनि होमस्टे सञ्चालनको तयारी थालेको जानकारी दिइयो । साधारण व्यवसायबाट शुरू भएको बराह गु्रपले २५ वटा कम्पनी स्थापना गर्दै धरान, काठमाडौं, पोखरा, चितवन, हङकङ, युके र दुबईसम्म फैलिएको छ । हालको बराह जग २०५२ साल भदौ ५ गते ‘बराह ज्वेलरी’ नामको सुनचाँदी पसलबाट शुरु भएको थियो ।