मंसिर १२, २०७५ उर्लाबारी/ मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा म‌ंगलबार राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बा ६४ प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को १ ख ५७५२ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजनका ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए।

Facebook Comments Box