इस्वोलाइ २५ बर्षको निरन्तर समाजसेवाले चिनाईसकेको छ – उपाध्यक्ष थापा

समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ उपाध्यक्ष उमेश थापाले समाजवादी पार्टी धरान उपमहानगरको मेयर पदका प्रत्यासी उमेद्धार गजेन्द्र इस्बो लाइ बिगत २५ बर्षदेखकिो निरन्तर सामाजिक कर्मले नै चिरपरिचित रहेकोले आरुपार्टीका उमेद्धारलाइ जस्तो चिनाइरहनु नपर्ने बताए ।
समाजवादी पार्टी धरान उपमहानगरको जारी चुनावी अभियान तथा घरदैलो कार्यक्रममा आयोजित कोणसभालाइ सम्बोधन गर्दै थापाले सो कुरा बताएका हुन । थापाले कुनै समयको बिदेशी सहरको रुपमा परिचित यो धरानको र्निमाणमा पुर्व भारतिय तथा गोरखा सैनिकहरुको महत्पुर्ण योगदान रहेको चर्चागर्दै अहिले समाजवादी पार्टीले तिनै आधुनिक धरानको र्निमाता मध्येबाट उपमाहनगरको मेयरका लागी गजेन्द्र इस्बोलाइ अघिसारेको बताए । आधुनिक धरानका र्निमाताहरु बिगत २७ बर्षदेखी निरन्तर अन्यनयमा परेको भन्दै उपाध्यक्ष थापाले यो अन्यायलाइ चिर्नको लागी समाजवादीका उमेद्धार इस्बोलाइ चुनाव चिन्ह हातमा मतदान गर्न आग्रह गरे ।


बिगत २५ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशिल गजेन्द्र इस्बोले गोर्खा पार्क घन्टाघर र गोर्खा कम्ल्पेक्स निर्माण लगायत बिभिन्न सामाजिक कार्यमा क्रियाशिल रहेर धरानका चोक चोक र हरेक गल्लीहरुमा पसिना बगाईसकेकाले सम्बृद्ध धरान निर्माणका लागी उपयुक्तपात्र वाँहामात्रै भएका जिकिर गर्दै थापाले समाजवादीको हात चुनाव चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरे ।
उपाध्यक्ष थापाले समाजवादी पार्टी पहिचानको सहितको सम्बृद्ध मुलुक निर्माणको खाका र विचार बोकेको बैकल्पिक पार्टी भएको दाबी गरे , उनले पुराना पार्टीहरुको संगठन भित्र नै भ्रष्टाचारको बीउ रोपिएको आरोप लगाए । तिनीहरुले पटकपटक जितेर जाँदा जनताको पक्षमा भन्दा आफ्ना नातागोताको पक्षमा काम गरेको बताउदै थापाले एक पटक आम नेपालीले सचेत बिद्रोह नगरी नेपालमा पहिचान सहितको सुशासन , सम्बृद्धी र समाजवाद नआउने बताए ।
नेपाल बिबिधताले भरिएको देश भएकोल अहिलेको हुन्डिमुन्डी लोकतन्त्रले बिबिधतालाई छुन नसकेको भन्दै उपाध्यक्ष थापाले समानुपातिक समाबेशीता सहितको सहभागितामुलक लोकतन्त्र अवको लोकतन्त्र हुने बताए ।