१० पुस, काठमाडौं/ २५ पुसमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ । बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभाको अधिवेशन आह्वान भएसँगै सभामुखको विषयमा चासो बढेको छ । संविधानतः माघ १० गतेभित्रै संसदले सभामुख पाउनेछ ।
प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने हुन्छ । यस सम्बन्धी व्यवस्था संविधानको धारा ९१ मा छ । जहाँ भनिएको छ, ‘प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।’

Facebook Comments Box