उत्कृष्ठ पाँच युवालाई सम्मान

दमक,15 माघ / युथ एक्सन नेपालले झापाका ५ जना उत्कष्ट युवाहरुलाई सम्मान गरेको छ । दमकमा सोमबार एक कार्यक्रमका बीच जिल्लाका विभिन्न क्षेत्रका उत्कृष्ठ युवाहरुलाई छनौट गरि प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।


प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिभिन्न पेशा व्यवसाय र सामाजिक क्षेत्रमा उत्कृष्ट युवाहरुलाई नगद १० हजार सहित सम्मान गरेका हुन् ।
पुरस्कृत हुनेहरुमा अपांगता भएकाहरुको क्षेत्रमा क्रियाशिल मदनकुमार बोहोरा, दमक स्थित रत्न ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्ने रीता सुनुवार, दमक पव्लिक लाईब्रेरीका युवा संयोजक दधिराम ढकाल, पुष्प व्यवसायमा महिलाहरुलाई आकिर्षत गर्ने महिला उद्यमी संघ झापाकी अध्यक्ष गोमा भट्टराई र सुपारीको पातबाट थाल,प्लेट उत्पादन गर्ने हरी दाहाल रहेका छन् । उनीहरुलाई जनही १० हजार नगद सहित पुरस्कृत समेत गरियो ।
सोही अवसरमा मन्त्रीले युवाको बढदो बैदेशिक यात्रा रोक्नका लागि युवाहरु प्रेरणादायी हुने उल्लेख गरे । संस्थाका अध्यक्ष लक्ष्मी निरौलाले मुलुकका बिभिन्न स्थानमा उत्कृष्ट युवाहरुलाई संस्थाले सम्मान गर्ने गरेको बताए ।