फुट्को संघारमा एमाले :ओलिद्वारा बरिस्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई पार्टी बाटै निलम्बन

बैकल्पिक खवर

?काठमाडौं / नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । यो घटना संगै नेकपा एमाले फुटको संघारमा पुगेको छ । एमाले पार्टी निर्माणका मुख्य हस्ती नेपाल लाई नै निलम्बन गरेपछि एमाले फुटको दिशामा पुगेको हो ।

पार्टीलेसोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।

नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिकोबीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ दुवैलाई पठाए पत्रमा भनिएको छ ।

सोमबार, १६ चैत, २०७७, साँझको ०५:२१ बजे

सम्बन्धित खवर