एक दिनमा ५२ हजार भन्दा बढी यात्रु बाहिरिए

काठमाडौं/  काठमाडौं उपत्यकाबाट मात्रै एक दिनमा ५२ हजार भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा यही १६ गतेदेखि निषेधाज्ञा जारी हुने निर्णय सँगै यात्रु बाहिरीने क्रम बढेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता श्यामकृष्ण अधिकारी मंगलबार विहानदेखि बेलुका सम्म ५२ हजार १९० बाहिरीएको र ३२ हजार १२७ यात्रु उपत्यकामा भित्रिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । तर आज (बुधबार) हिजो भन्दा धेरै संख्यामा काठमाडौंबाट यात्रु बाहिरीको उहाँले बताउनुभयो ।

साथै आजको उनीहरुको तथ्याङक संकलन गरिरहेको बताउनुभयो । सवारी साधनमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने यात्रु , चालकलाई सम्झाउने देखि सचेत गराउने गरेको उहाँ बताउनुुहुन्छ । यात्रा गर्नेहरुको लागि मास्क बितरणको काम पनि गरेको प्रवक्ता अधिकारी बताउनुहुन्छ ।

सवारी साधनमा धेरै यात्रु राख्ने सवारीलाई कारवार्ही संगै अनुगमन समेत गरिरहेको बताउदै स्वास्थ्य मापदण्ड सबैले पालना गर्न सुझाव दिनुहुन्छ प्रवक्ता अधिकारी ।

बिहिबार, १६ बैशाख, २०७८, बिहानको ०७:०५ बजे

सम्बन्धित खवर