बाकेमा थप ५ जनाको मृत्यु : पछिल्लो १ घन्टाको अन्तरालमा ३ जनाको ज्यान गयो

बैकल्पिक खवर

नेपालगन्ज / बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये तीन जनाको एक घन्टाको अन्तरालमा मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-४ का ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका-११ की ४३ वर्षीया महिलाको एकै समयमा मृत्यु भएको छ।

६० वर्षीय पुरुषको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्ज र ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

त्यस्तै नेपालगञ्ज-९ का ४२ वर्षीय पुरूषको १० बजे राति, बर्दियाको बढैयाताल गाउँपालिका -८ का ३२ वर्षीय पुरूषको बिहीबार बिहान साढे १ बजे भेरी अस्पतालमा मृत्यु भएको छ।

त्यस्तै नेपालगञ्ज-५ का ५५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ। फोकल पर्सन वलीका अनुसार उनको मृत्यु बिहीबार बिहान साढे ५ बजेतिर भएको थियो। योसहित बाँके जिल्लाका मात्रै १०६ जना र बाँके जिल्ला बाहिरका थप १०९ जना कोरोना संक्रमितको हालसम्म मृत्यु भएको फोकल पर्सन वलीले बताए।

बिहिबार, १६ बैशाख, २०७८, बिहानको ०९:४९ बजे

सम्बन्धित खवर