प्रमुख प्रशासकिय अधिकृत तिम्सिनालाई कोरोना संक्रमण

बैकल्पिक खवर

दमक/ दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद तिम्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफन्तको बिहेमा सहभागी भएका तिम्सिना लाई केही दिनदेखी रुघाखोकी र ज्वरोले सताएपछि विराटनगरमा गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजिटिभ देखिएको हो ।

कन्ट्रयाक टे«सिङमा परेका तिम्सिनाको बुधबार विराटनगरमा पिसिआर परिक्षण गरिएपनि रिपोर्ट आज १० बजेमात्रै आएको हो।तिम्सिनाले आफनो कोरोना परिक्षण रिपोर्ट आज १० बजे पोजिटिभ आएकोले आफू होम आइसोलेसनमा बसेको बताउदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन आग्रह गरेका छ्न । बैबाहिक समारोह सकेर दमक आएपछि मंगलबार मात्रै दमकमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको बैठक बसेको थियो ।

बैठकमा तिम्सिना सहभागी भएका थिए । सरकारले सम्बन्धित पालिकाका प्रमुख प्रशासकिय अधिकृतको संयोजकत्वमा कोरोनाबाट बच्न सरकारले अपनाएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालनाको अवस्था अनुगमन गर्ने समिति बनाउने निर्णय गरेको छ । हिजो दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई कोरोना पुष्टि भएपछि विराटनगरमा अस्पताल भर्ना भएका छन ।

बिहिबार, १६ बैशाख, २०७८, दिउँसोको ०१:१७ बजे

सम्बन्धित खवर