मेचीनगर, बैशाख १6 /  नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड एनएमसी झापाको चारआली कार्यालय भवन शिलान्यास तथा एनएमसी रजत वर्ष स्मारिका विमोचन कार्यक्रम हिजो सम्पन्न भएको छ ।
मेचीनगर— १३ स्थित चारआलीमा आयोजित कार्यक्रममा मेचीनगर प्रमुख विमल आचार्य र उपप्रममुख मीना पोखरेल उप्रेतीले संयुक्त रुपममा भवनको शिलान्यास तथा स्मारिका विमोचन गरेका गर्नु भएको थियो ।
शिलान्याास समारोहमा बोल्दैं प्रमुख आचार्यले नेपाल बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड झापाले अहिले जसरी वित्तिय कारोवार, कृषि तथा खेलकुदका क्षेत्रमा सक्रियता पूर्वक रुपमा काम गदैं आएको छ त्यसरी नै अब गुणस्तरीय शिक्षाका लागि विद्यालय सञ्चालनमा पनि लाग्नुपर्नेमा जोड दिनु भयो ।
वहाँले अस्वस्थ प्रतिस्पर्धाले जताभावीरुपममा विद्यालय सञ्चालन गर्ने क्रम बढेको र यसले बालबालिकाहरुको भविष्यमा समेत नकरात्मक असर पार्ने भन्दैं हरेक सहकारी संस्थाहरु गुणस्तर शिक्षाका लागि समेत दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ लाग्नुपर्ने बताउनु भयो ।

सहकारीले उत्पादन गरेका वस्तुहरुको बजारीकरण गर्न स्थानीय सरकारका हैसियतले नगरपालिका लाग्ने बताउँदैं प्रमुख आचार्यले सहकारीलाई उत्पादनशील क्षेत्रमा लागानी गर्न समेत आग्रह गर्नु भयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले जताततै विषादीको प्रयोग बढेको र यसले मानव शरीरमा नकरात्मक असर परेकको भन्दैं सहकारी संस्थाहरु अग्र्या्निक खेतीतर्फ लाग्नुपर्ने बताउनु भयो । यसका लागि नगरपालिकाले गर्ने जस्तोसुकै सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

भवन निर्माण समितिका सदस्य माधवचन्द्र प्याकुरेलले नवनिर्मित भवन लिफटसहितको अत्याधुुनिक र चारतले हुने जानकारी दिनु भयो । २०७७ सालको असार भित्रममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित निर्माणधिन कार्यालय भवनको अनुमानित लागत २ करोेड ९१ लाख रुपैयाँ रहेको प्याकुरेलले बताउनु भयो ।

सोही अवसरमा एनएमसीले आफ्नो रजत बर्ष स्मारिकाको समेत आजै बिमोचन गरेको छ । नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले संयुक्त रुपमा बिमोचन गर्नु भएको स्मारिकाका बारेमा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले समिक्षा गर्नु भएको थियो । पोखरेलले स्मारिकाले नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाको विगत र वर्तमानको चित्रण गरेको भन्दैं झापाका सहकारी संस्थाहरु विकास र समृद्धिको औजार रहेको बताउनु भयो ।
सहकारी संस्थाहरु बसी खाने परम्पराको अन्त्य गर्ने माध्यम बनेका भएपनि धेरै सहकारी संस्थाहरु सहकारीका सिद्धान्त बाहिर गएर सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई थियो ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले नेपाल बहुउद्धेश्यीय सहकारी संस्था आफ्नो स्थापनाकालदेखि नै कतै पनि अविचलित नभई सहकारीका मुल्य र मान्यताहरुलाई आत्मसात गदैं अघि बढेका कारण राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमै आाफुलाई अलग रुपमा पहिचान गराउन सफल भएको बताउनु भयो । यो संस्था नेपालका धेरै सहकारीहरुका लागि पाठ बन्ने र यस संस्थाबाट धेरै कुरा सिक्नुपर्ने ढकालको भनाई थियो ।संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको विगत, वर्तमान र भविष्यका बारेमा चर्चा गर्नु भएको थियो । अध्यक्ष उप्रेतीले संस्थाले सहकारी पसल, एनएमसी डेरी उद्योग, कृषि परियोजना लगायतका बहुउद्धेश्यीय काम गरिरहेको जानकारी दिनु भयो । संस्था सञ्चालक सदस्य माधवचन्द्र प्याकुरेलले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम एनएमसीका चारआली कार्यालय प्रमुख प्रकाश पौड्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments Box