दमक / झापाली चेली साहित्यकार टिका भट्टराई नेपालको रचना तथा निर्माणमा बनेको म्युजिक भिडियो ‘तस्विर तिम्रो’ सार्वजनिक भएको छ ।झापा ,सुरुङ्गा निवासी भट्टराई साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी छन् ।उनले २०५६ सालमा आमाको माया शोक काव्य प्रकाशन गरेर साहित्य क्षेत्रमा प्रवेश गरेकी हुन् ।

वरिष्ठ गायक शिशिर योगीको स्वर तथा संगीतमा बनेको आधुनिक गीतमा देव नेपालले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा ८७ वर्षीय गंगाराम भट्टराईसहित नायक कविर खड्का र एलिशा अधिकारीले अभिनय गरेका छन् ।

Facebook Comments Box