हराउँदै न्याय, बालुवाटार अगाडि प्रदर्शन

पुस १४, २०७५ काठमाडौं / निर्मला हत्याकाण्डको दोशी पत्ता लगाउन नसक्दा सरकार आलोचित र निकम्मा भइसकेको छ । कंचनपुरकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रर्दशन गरिएको छ। विवेकशिल साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा सनिबार प्रधानमन्त्रीको सरकार निवास अगाडि बालुवाटार चोकमा प्रर्दशन गरिएको हो। न्याय मर्न नदिऔ, सत्य हार्न नदिऔ भन्ने नारा सहित उपस्थित प्रर्दशनकारीले शान्ति सुरक्षाको प्रत्याभुति दिन प्रहरी प्रशासन सहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे। उनीहरुले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन पनि माग गरे। पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दे राजधानी लगायत मुलुकभर दिनहुँ प्रर्दशन भईरहेका छन्। तर घटनाको ५ महिना वितिसक्दा पनि सरकारले दोषि पक्राउ गर्न सकेको छैन। प्रहरीले अनुसन्धानको नाममा र्निदोषलाई नियन्त्रणमा लिई यातना दिएर अपराध कबुल गराउन लागि परेको भन्दै विरोध हुदै आएको छ। पछिल्लो समय प्रदिप रावल र विशाल चौधरीलाई अपराध कबुल गर्न दबाब दिदै प्रहरीले चरम यातना दिने काम गरेको भन्दै अधिकारकर्मीहरुले मानवअधिकार रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराउदै आएका छन्।

शनिबार, १४ पुष, २०७५, दिउँसोको ०१:५६ बजे

सम्बन्धित खवर