माघ १८ गतेबाट ‘सयकडा दश’ प्रर्दशन हुदै

दमक,१६ माघ / भ्रष्टचारविरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ आगामी माघ १८ गतेबाट देशभरका हलहरुमा प्रदर्शनमा आउने भएको छ । रामशरण पाठकको निर्देशनमा बनेको चलचित्रको प्रचारको लागी कलाकार र निर्माण टोली पूर्व आएको छ ।


दमकमा आज बिहान पत्रकार भेटघाट गर्दै चलचित्रका निर्देशक पाठकले भ्रष्टचारलाई निर्मुल गर्न प्रेम आवश्यक छ भन्ने मुख्य बिषय रहेको चलचित्रले समाजमा सकारात्मक सन्देश दिने दाबी गरे । चलचित्रको शीर्ष भूमिकामा कलाकार मनोज गजुरेलको अभिनय रहेको छ । नेपालकै नम्बर १ स्ट्यान्डअप कमेडियन गजुरेलले आफुलाई चलचित्रको बिषय बस्तु मन परेकालेनै अभिनय गरेको बताए ।
आफु स्टेजको माध्यमबाट राजनीति र समाजलाई सुधार गर्न लागिरहेको बेला आफ्नो अभियान संग मिल्ने चलचित्रबाट प्रस्ताव आएकाले अभिनय गरेको गजुरेलले बताए । बागमती सफाई अभियन्ता र अध्यात्मिक क्षेत्रमा सक्रिय निर्मातासँगको सहकार्यले फिल्मलाई अझ जीवन्त तुल्याएको उन ले बताए ।
चलचित्रमा अभिनेता राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको छ ।