झापा वायु प्रदुषणको रेड जोनमा

१७,चैत्र,\  केही दिनदेखि देशभरको वातावरण अत्याधिक प्रदुषित भएको अवस्थामा झापामा समेत वातावरण अत्याधिक प्रदुषित भएकाे वातावरण विभागले जनाएको छ । वातावरण विभागका सुचना अधिकारी शंकरप्रसाद पौडेलले झापाको अवस्था पनि सन्तोसजनक नरहेकाे बताएका छन्।

‘झापाको दमकमा स्टेशन छ त्यसको रिपोट हेर्दा झापा पनि प्रदुर्षणका हिसाबले रेडजोनमा छ ।’ पौडेलले भन्नु भयाे , ‘सामान्य अवस्थामा पिएम २.५ को भ्याल्यु ४० हुनु पर्नेमा पछिल्लो २४ घण्टामा दमकमा १६६ देखाएको छ भने आज बिहान १९२ देखाएकाले झापामा प्रदुर्षण बढ्नेक्रममा छ ।’
‘यो अवस्था मानव स्वास्थ्यको लागि हानीकारक हुन्छ ।’ पौडेलले बताए ।
वातावरण अत्याधिक प्रदुषित भए पछि सरकारले आजदेखि ४ दिनसम्म देशभरका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेकाे छ।

मङ्गलबार, १७ चैत, २०७७, साँझको ०६:२४ बजे

सम्बन्धित खवर