उद्योग बाणिज्य प्रदेश महासंघको बिषयगत समितीमा पौडेल मनोनीत

बैकल्पिक खवर

दमक/झापा दमकका युवा ब्याबसायी ज्ञाननाथ पौडेल ( ज्ञानु) नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश समिती अन्तर्गतको मानव संसाधन बिकास समिति सदस्यमा मनोनित भएका छन ।                                             

लामो समयदेखि दमक लाई ब्याबसायिक कर्मथलो बनाएका पौडेल लाई बित्तिय क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै उपसमितीमा मनोनीत गरिएको उद्योग बाणिज्य महासंघ प्रदेश समितीले जनाएको छ ।महासंघका प्रदेश अध्यक्ष टिकाराज ढकालद्धारा हस्ताक्षरित पत्रमा विरेन्द्रकुमार साह सभापति रहेको मानव संसाधन समितिको सदस्यका रुपमा पौडेललाई मनोनित गरेको जनाइएको छ ।

महासंघले प्रदेश एकको आर्थिक गतिबिधिलाई चलायमान बनाउँदै सबै व्यवसायिकहरुको हकहित साथै संघीय, प्रदेश र स्थानीय सरोकारवालाहरुसंग समन्वय गरि काम गर्न महासंघले प्रदेश स्तरमा गठन गरेको बिषयगत समितिको सदस्यमा उनलाई मनोनित गरेको हो ।

यसअघि दमक उदोग वाणिज्य संघको कार्य समिति सदस्य भइसकेका पौडेल बाणिज्य संघको गत चुनाबमा कर्यसमितीको पधादिकारीमा झिनो मतले पराजित भएका थिए ।लायन्स क्लब मार्फत सामाजिक क्षेत्रमा सक्रिय पौडेल विभिन्न सामाजिक सस्थामा आबद्द रहेका छन । पौडेल किचनका सामग्रीहरुको थोक विक्रेता हुन । उनी होम ग्लोरीको आधिकारिक बिक्रेता हुन । उनको दकम किचन गुड्स नामको ब्याबशायिक फर्म संचालित छ ।

शुक्रबार, १७ बैशाख, २०७८, बिहानको ०६:३७ बजे

सम्बन्धित खवर