कोरोना बाट आज झापामा १ जनाको मृत्यु ६३ जना नयाँ संक्रमीत थपिए

बैकल्पिक खवर

झापा / झापामा आज एकैदिन थप ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट २२ महिला र ३४ जना पुरुष गरि ५६ जनामा संक्रमण पुष्टी भएको छ भने, एन्टिजेन परीक्षणबाट ५ महिला र २ पुरुष गरि ७ जनामा संक्रमण देखिएसँगै ६३ जनामा संत्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौंलागाईले जानकारी दिनुभयो ।

पीसीआर परीक्षणबाट संक्रमित भएकाहरु दमकका ४ महिला र ६ पुरुष, बिर्तामोडका ५ महिला र ५ पुरुष, मेचिनगरका १ महिला र ३ पुरुष, भद्रपुरका १ महिला र ४ पुरुष, कन्काईका ४ महिला र ३ पुरुष, हल्दिबारीमा १ महिला २ पुरुष, अर्जुनधाराका १ महिला र ५ पुरुष, बुद्धशान्तिका १ पुरुषमा, गौरिगञ्जका १ महिला र २ पुरुष, कमलका १ पुरुष, शिवसताक्षीका ३ महिला र १ पुरुष र झापाका १ पुरुष र १ महिलामा संक्रमण पुष्टी भएको छ।

यस्तै, एन्टिजेन परीक्षणबाट बिर्तामोडका १ महिला र १ पुरुष, मेचिनगरमा २ महिलामा, हल्दिबारीमा २ महिला १ पुरुष संक्रमण देखिएको हो।
यो सँगै झापामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५ हजार १ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो ।

यस्तै, हालसम्म कोरोना संक्रमित भई निको भएर ४ हजार ५ सय २९ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमित भई आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ सय ३८ पुगेको जनाइएको छ । आज सम्मको कुल संक्रमित सख्या एन्टिजेन्ट ५२ रहेको छ ।

यस्तै, कोरोनाका कारण झापा-४ का ५७ वर्षिय पुरुषको नोबेल मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । यो सँगै झापामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको फोकल पर्सन चौंलागाईले जानकारी दिनुभयो । हालसम्म ३८ हजार २ सय ७५ जनाको पीसीआर परीक्षणबाट स्वाब संकलन गरिएको जनाइएको छ ।

शुक्रबार, १७ बैशाख, २०७८, साँझको ०७:०४ बजे

सम्बन्धित खवर