प्रदेश १ मा २९१ संक्रमित थपिए, विराटनगरमा १२०, झापामा ५८, सुनसरीमा ५५

 

विराटनगर । प्रदेश १ मा शुक्रबार थप २९१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जमध्ये १५३ जना मोरङका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ५८, सुनसरीमा ५५, ताप्लेजुङमा ४, इलाममा ३, उदयपुरमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ३२ महिला र ८८ पुरुषसहित १२० जनामा संक्रमण देखिएको छ । यस्तै, लेटाङमा ९, सुन्दरहरैचामा ६, कटहरी, उर्लाबारी ग्रामथानमा ३–३, रंगेली र बुढीगंगामा २–२, मिक्लाजुङ, बेलबारी, सुनबर्षी, केराबारी र स्थानीय तह नखुलेको १–१ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा २०, इटहरीमा १८, इनरुवामा ७, बर्जु र देवानगञ्जमा ३–३, कोशी गाउँपालिका, गढी, भोक्राहानरसिंह र रामधुनीमा १–१, झापाको विर्तामोडमा १०, दमकमा ९, कनकाईमा ७, अर्जुनधारामा ६, भद्रपुरमा ५, शिवसताक्षी र मेचीनगरमा ४–४ गौरीगञ्ज र हल्दिबारीमा ३–३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ । यसैगरि, ताप्लेजुङको फुङलिङमा ३ र स्थानीय तह नखुलेको १, इलामको चुलाचुली, माई र सुर्योदयमा १–१, उदयपुरको उदयपुरगढीमा २, ते¥हथुममा १, भोजपुरमा १, पाँचथरमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ६५१ पुगेको छ । संक्रमितभएका मध्ये ३० हजार १८ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ हजार १४१ पुगेको छ ।

प्रदेशमा शुक्रबार ८७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १०६ महिला र १८५ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार, १७ बैशाख, २०७८, रातीको १०:०० बजे

सम्बन्धित खवर