१५ असार २०७६,आइतबार

मेचिनगर/ पूर्वी नाका मेचीनगरको काँकरभिट्टास्थित बाहुनडाँगी रोडमा सञ्चालित मेची नेत्रालय आज शनिबारदेखि १३औं वर्षमा प्रवेश गरेको छ । सानो प्रयास तर ठूलो लक्ष्य राखेर सन् २००७ मा स्थापना भएको मेची नेत्रालयले अहिलेसम्म आइपुग्दा १२ वर्षे अवधिमा स्वास्थ्य क्षेत्रमा मात्र नभएर सामाजिकसँगै खेलकुद गतिविधिमा पनि उत्तिकै योगदा दिँदै आएको छ ।स्थापनाकालमा नेत्रालयलाई आम जनतामाझ विश्वास दिलाउन निकै मिहेनत र कष्ट व्यहोर्नु परेको ताजा स्मरण सुनाउँदै अस्पताल प्रमुख डा. शरदचन्द्र प्रकाश राईले भने, ‘गुणस्तरीय काम, विश्वासनीय सेवा र अस्पतालमा कार्यरत कर्मचारीहरुको शिष्टताले नेत्रालय यहाँसम्म आइपुगेको छ ।’सुरुमा यस नेत्रालय साँघुरो भवनबाट सञ्चालनमा आउँदा स्थानीय तथा अन्य महानुभावले अथाह माया प्रदान गरेका थिए । ति सहयोगी भावनालाई कदर गर्दै आज संघीय सरकारको स्वास्थ्य निर्देशनालयको मापदण्ड अनुसार अस्पताल निर्माण भएको छ । ‘हिजोसम्म हाम्रो भन्नेमा थियौं, अब सबैको भन्नेमा नेत्रालयलाई पुर्याउने छौं’, नेत्रालय प्रमुख डा. राईले भने ।नेत्रालयको काम गर्ने शैली नै फरक छ । जो कोही बिरामी यस नेत्रालयमा प्रवेश गर्ने बित्तिकै अस्पतालको सहयोगी मार्फत सम्बन्धित विशेषज्ञकोमा पुर्याएर सेवा दिने गरेका छौं । त्यसैले पनि टाढा(टाढाका बिरामीहरु आफ्ने सम्झेर आउने गरेका छन् ।अस्पताल प्रमुख डा। राईका अनुसार भूकम्प प्रतिरोध मात्र होइन, आईई पास गरेको अस्पताल भएको हुनाले काँकरभिट्टालाई नेत्रालयको हब बनाउन मेची नेत्रालयको अह्म भूमिका रहने छ ।‘धेरै प्रयास गर्दागर्दै पनि बीमा सेवामा हामीलाई पछि पारिएको छ । कुनै दिन मेची नेत्रालयले बिरामीहरुको बीमा सेवामा सहयोग गर्न पछि हट्नै छैन । २५ शैय्याको नेत्रालय भएको हुँदा राज्यबाट बीमा सेवा नदिएको हुन सक्छ’, डा. राईले अगाडि भने, ‘भविष्यमा मेची नेत्रालयलाई सबैको सहयोग यसरी नै रहे टेक्निकल कलेजसँगै ५१ बेडको अस्पताल बनाउने प्रयासमा छौं ।’हाल नेत्रालयमा २ जना विशेषज्ञ डाक्टर, २ वरिष्ठ नेत्र विशेषज्ञ, ४ नेत्र अधिकृत लगायत ६० जना कर्मचारी कार्यरत रहेका छन् । नेत्रालयका व्यवस्थापक नवराज प्रधानका अनुसार छोटो समयमा सबैको साथ रहेको हुँदा नेपालबाट मात्र होइन, भारतका विभिन्न स्थानबाट बिरामीहरु आउने गरेका छन् । सरल शैलीबाट उपचार गरिने भएकाले होला बिरामीहरु सन्तुष्ट भएर घर फर्कने गरेको पाइन्छ ।अस्पतालले आँखाभित्र रहेका लामा जुका निकाल्ने काम मात्र गरेन, आँखा गुमाएकालाई हुबहु मानव शरीरबाट बनेको आँखा जस्तै बनाएर पठाए छ । दृश्य नदेखिने कृतिम आँखा लगाए पछि धेरै बिरामीको शुभलग्न गरेको रेकर्ड रहेको छ । हालै वेष्ट बंगालबाट आएकी २६ वर्षीय सोनी नाम गरेकी अविवाहित युवतीको आँखा मानव शरीरबाट बनेको जस्तै बनाइदिएपछि उनको विवाह भएको थियो ।यस्ता धेरै उदाहरणहरु र सफलताको कथा बनेको व्यवस्थापक नवराजले सुनाए । त्यतिमात्र होइन, भिजन थेरापीको माध्यमबाट लाटो आँखा भएकालाई तेजीलो आँखा बनाउने काम पनि भएको छ । टोसिस नर्सरीबाट आँखाका लोती बनाउने काम पनि भएको छ । भविष्यमा टेक्निकल कलेज निर्माण गर्ने नेत्रालयको लक्ष्य रहेको हुँदा त्यसतर्फ जुटेको समेत जानकारी दिए ।अस्पतालका प्रबन्धक पुनम प्रधान राईका अनुसार ६० वर्षमाथि र १० वर्ष मुनिका नेत्र रोगीहरुका लागि विशिष्ट सेवा दिँदै आएको जानकारी दिए । उनले टाढाबाट आउने जो कोही बिरामीलाई सेवाबाट आत्मा सन्तुष्ट बनाएर पठाउँदा अस्पताललाई सम्मान प्रदान गर्नसम्म आएको स्मरण सुनाए सामाजिक सेवासँगै खेलमा सक्रिय
मेची नेत्रालय मानव सेवासँगै खेल क्षेत्रमा पनि उत्तिकै सहयोगी भएर उभिएको छ । यसले भूकम्प पीडित, अग्निपीडित र बाढीपीडितलाई पनि सहयोग गरेर पीडितहरुको दुःखमा साथ दिन पुगेको छ ।मानव सेवा अन्तर्गत झापाको बाहुनडाँगीमा सेवा केन्द्र खोलेर प्रत्येक विहीबार निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । बुद्धशान्तिको १६ वटा विद्यालयमा निःशुल्क आँखा चेकजाँच गरेको छ । दुर्गा(चन्द्र मेमोरियल ट्रष्टको स्थापना गरि आँखा दान किन गरिन्छ भन्ने बारे सचेतना प्रदान गर्दै आएको छ । दुई दर्जनभन्दा बढीलाई आँखा दान गरेको छ ।विभिन्न ठाउँमा अभिमूखिकरण कार्यक्रम गरेर ३ सयभन्दा बढीलाई नेत्रदान इच्छापत्र गर्न सफल भएको छ । त्यतिमात्र होइन, विद्यालयमा गएर व्याग वितरण गर्नका साथै असाहय विद्यार्थीहरुलाई पोशाक, जुत्ता र शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।अस्पतालका व्यवस्थापकका नवराज प्रधानका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालयले सिफारिस गरेका असाहय बिरामीहरुलाई सर्जरी निःशुल्क प्रदान गरेको छ । अनाथ बालबालिकालाई सहयोगसँगै एक दिनको कर्मचारीको तलब भत्ता बराबरको रकम हस्तान्तरण गरेको छ ।लोकप्रियता कमाएको फुटबल खेल र मेचीनगरको स्तरोन्नती र नाम उच्च राख्नका लागि मेची नेत्रालय मेचीनगर गोल्डकपको समेत सञ्चालन गर्दै आएको छ । दैनिक ज्येष्ठहरुको सेवा त छदैछ त्यसको अलवा मानव जीवनमा आइपर्ने समस्यालाई हल गर्न नेत्रालय सक्रिय रहेको जनाएका छन् ।

Facebook Comments Box