असार, २०७६ / भारतमा हालै सम्पन्न लोकसभा चुनावबाट पहिलो पटक सांसद बनेकी सांसद हुन् ‘महुआ मोइत्रा’ । संसदमा उनको पहिलो भाषणले नै भारत मात्र हैन उनलाई अन्तर्रा्ष्ट्रियस्तरमा सेलिब्रेटी बनाएको छ । गत मंगलबार लोकसभामा राष्ट्रपतिको अभिभाषणमाथि ल्याएको प्रस्तावमाथिको बहसमा भाग लिएकी महुआ माइत्राको १० मिनेटको दमदार भषणको भिडियो लाखौँबीच पुगेको छ र निक्कै लोकप्रिय बनेको छ । उनको भाषण सामाजिक सञ्जाल फेसबुक, ट्विटर, ह्वट्सएपलगातका सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

को हुन् महुआ मोइत्रा ?

कोलकत्ताको एक बंगाली परिवारमा सन् १९७५, मे ५ मा जन्मिएकी महुआ मोइत्रा १५ वर्षको उमेरमा नै अध्ययनका क्रममा ब्रिटेन गइन् । उनले मेसाच्युसेट्सको माउन्ट होल्योक कलेजबाट उच्च शिक्षा हासिल गरिन् र जेपी मोर्गनबाट इन्भेस्टमेन्ट बैँकरको रुपमा आफ्नो व्यावसायी जीवन सुरु गरिन् । उनले अमेरिकाको न्यूयोर्क र बेलायतको लण्डनमा केही वर्ष जागिर गरिन् । सन् २००८ मा महुआ भारत फर्किइन् र त्यसपछि उनको राजनीतिक यात्रा सुरु भयो । महुआले राजनीतिक जीवनको सुरुवातमा सन् २००९ मा भारतीय राष्ट्रिय कांग्रेस प्रवेश गरिन् । राहुल गान्धीको ‘आम आद्मीकी सिपाही’ परियोजनाको उनी एक मुख्य सदस्य रहिन् । तर, उनी कांग्रेसमा धेरै समय बस्न सकिनन् र तृणमूल कांग्रेसमा प्रवेश गरिन् । आफ्नो बलिया उद्देश्य, ओजस्वी भाषण, छिटो तैरिने र रसिकताका कारण उनले आफ्नो नयाँ पार्टीमा शिघ्र रफ्तार लिइन् र लोकप्रिय बनिन् ।

https://youtu.be/dnh-mpg_oF4

 

महुआ मोइत्राले पहिलो पटक पश्चिम बंगाल विधानसभा चुनावका लागि सन् २०१६ मा लडिन् । उनले नादियाको करिमपुर निर्वाचन क्षेत्रबाट चुनाव चितिन् र आफ्नो निकटम प्रतिद्धन्द्धी भाकपाका समरेन्द्र घोषलाई १६ हजार मतले हराइन् । त्यसपछि, महुवा मोइत्रा पश्चिम बंगाल विधानसभाको एक निक्कै सक्षम र बलियो विधायकको रुपमा विख्यात रहिन् । सन् २०१९ मा महुआ मोइत्राले संसदीय चुनाव लड्नका लागि आफ्नो विधानसभाको सिट छोडिन् । उनले करिमनगर लोकसभा क्षेत्रबाट संसद चुनाव लडिन् र भाजपाका कल्याण चौबेलाई ६३ हजारबढी मतले पराजित गरेर संसदमा पुगिन् । पहिलो संसद भाषणमा के बोलिन् महुआले ? भारतको ‘राष्ट्रिय नागरिक रजिस्टर’(एनआरसी) मुद्दालाई लिएर संसदमा सरकारमाथि आक्रमक शैलीको आफ्नो पहिलो भाषणबाट महुआ मोइत्रा आफ्ना विरोधीहरुको प्रशंसाको हकदार बनेकी छिन् । लोकसभाको नवनिर्वा्चित संसदमध्ये उनलाई सबैभन्दा प्रतिभाशाली सांसद मानिन्छ । मोइत्राले भाषणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले देशलाई फाँसीवादतर्फ लगिरहेको बताइन् । उनले राष्ट्रवादको नाममा देशलाई विभाजन गर्नतर्फ लागिएको र वैज्ञानिक सोचलाई पछि धकेलिँदै लगिएको बताइन् ।
महुआले फाँसीवादको सात संकेत यसरी प्रस्तुत गर्छिन् स् पहिलो संकेत – एक शक्तिशाली राष्ट्रवादको भावना । राष्ट्रवादले नागरिकको राष्ट्रिय पहिचानलाई चिथोरिरहेको र यो अर्कोका लागि एक भय उत्पन्न गराउने भावना रहेको मोइत्राले बताइन् । पचासौँ वर्षदेखि यहाँ बस्ने मानिस कागजको एक पर्चा देखाएर आफू भारतीय हो भनी प्रमाणित गरिरहनु परेको उनले बताइन् । यस्तो देश जहाँका मन्त्रीले स्नातक गरको प्रमाणका लागि आफ्नो डिग्री देखाउँदैनन् तर, गरिबीबाट आफ्नो नागरिकता प्रमाणित गर्ने आशा राख्ने उनले बताइन् । दोश्रो संकेत – भारतमा मानवधिकारका लागि तिरस्कारको एक प्रबल गम्भीर भावना उदाउँदो देखिएको उनले बताइन् । सन् २०१४ देखि २०१९ बीचमा अपराधमा १० गुणा बृद्धि भएको बताउँदै यस्ता घटना वृद्धि हुनुमा देशमा केही कारक तत्व रहेको औँल्याइन् । उनले पछिल्लो वर्ष राजस्थानमा पहलु खानदेखि झारखण्डमा मारिएका तबरेज अन्सारीसम्मको उदाहरण दिइन् । तेस्रो संकेत – मोइत्राले सरकारको अकल्पनीय अधिन र जनसञ्चारको नियन्त्रणलाई लिएर आलोचना गरिन् । भारतीय टेलिभिजन च्यानलहरु अधिकांश प्रसारण समय सत्ताधारी पार्टीको प्रचार–प्रसारमा खर्च गर्ने गरेको बताइन् । चौँथो संकेत – राष्ट्रिय सुरक्षाप्रति हैरानीलाई लिएर उनले सरकारमाथि आक्रमण गरिन् । देशमा एक भयको स्थिति व्याप्त भएको र प्रत्येक दिन नयाँ शत्रु जन्मिइरहेको बताइन् । उनले पछिल्लो पाँच वर्षमा आतंकवादी घटनामा वृद्धि भएको र काश्मिरमा शहीद हुने जवानको संख्यामा १०६ प्रतिशतले वृद्धि भएको बताइन् । पाँचौँ संकेत – उनले पाँचौँ संकेतको रुपमा सरकार र धर्म अब एकआपसमा जोडिएको बताइन् । ‘मलाई यसबारे भन्न आवश्यक छ ? एक नागरिक हुनुको अर्थ मैले तपाईहरुलाई सम्झाउन आवश्यक छ ?’, उनले भनिन्, ‘मुसलमानलाई निशाना बनाउन कानुनमा संशोधन गरिएको छ ।’ देशमा नागरिकको परिभाषामा परिवर्तन भएको उनले बताइन् । छैटौँ संकेत – यस समय सबैभन्दा खतरनाक बुद्धिजीवी तथा कलाकारका लागि तिरस्कारको भावना देखिएको मोइत्राले बताइन् । विरोध र असहमतिहरुलाई दबाउने गरिएको र यसले भारतलाई फेरी अन्धकार युगमा धकेल्ने उनले किटान गरिन् । सातौँ संकेत – र अन्त्यमा महुवा मोइत्राले चुनावी व्यवस्थामा स्वतन्त्रताको कमीलाई औँल्याइन् । यी चुनावमा ६० हजार करोड रुपैयाँ(भारतीय) खर्च भयो जसमा ५० प्रतिशत पार्टी एक्लैले खर्च गरेको बताइन् । सन् २०१७ मा अमेरिकी होलोकस्ट मेमोरियल म्युजिमले आफ्नो मुख्य लबीमा एक पोस्टरमा फासीवादको सुरुवाती संकेतहरुलाई समेटेको थियो । यी सातै संकेत त्यही पोस्टरको हिस्सा रहेको मोइत्राले भाषणमा बताएकी छिन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको युवाप्रति लगावका कारण सन् २०१० मा महुआ मोइत्रालाई आफ्नो पार्टीमा सहभागी गराएको बताइन्छ र यसको ६ वर्षपछि विधानसभाको टिकट दिइयो र उनले जीत हासिल गरिन् ।
मोइत्रा पार्टीको महासचिव र प्रवक्ता बनिसकेकी छिन् । ममता बेनर्जीसँग कुनै आरक्षण नभएपछि मोइत्रालाई यस वर्षको लोकसभा चुनावका लागि मैदानमा उतारिएको थियो । पार्टी्भित्र उनको उदय स्पष्ट भयो, जब टिएमटीले संसदमा आफ्नो संबोधनका लागि निक्कै अनुभवी मानिएका आफ्नै अर्का सांसद डेरेक ओ’ब्रायनसँग मोइत्रालाई मैदानमा उतारिएको थियो । मोइत्राको आक्रामक भाषण निक्कै भाइर बनिरहँदा ब्रायन भने आफ्नो आधाघण्टा लामो भाषण बारम्बर रिट्विट गरिरहेका थिए । यसबाट स्पष्ट हुन्छ कि, ब्रायनको लोकप्रियता महुआ मोइत्राका कारण फिक्का बन्यो, जो भारतको राजनीतिक सनसनी बनेकी छिन् । सभामुखले समयसीमा सकिएको संकेत दिइरहँदा उनले भाषणको अन्त्यमा चार हरफको कविता सुनाउँदै जबरजस्त र कडा तर्कका साथ बिदा भइन् । माइत्राले भाषणका दौरान विपक्षीबाट उठिहरको आवाजलाई एक हात उठाएर शान्त रहन आग्रह गर्दै आफ्नो शालिनता कायम राखिन् । उनको भाषणमा एक दुर्लभ राग महशुस गर्न सकिन्छ । मोइत्रा विवादबाट डराउँदिनन्, तर यसलाई लिएर आनन्द नै लिन्छिन् । जब कुनै कुरामा आफूलाई दोषी पाइन् भने यस कुरालाई स्विकार्न लज्जित हुन्नन् । सन् २०१५ मा महुआ मोइत्रा एक विवादमा घेरिएकी थिइन् । जब एक राष्ट्रिय टेलिभिजन च्यानलमा भइरहेको एक बहसका दौरान उनले आफ्नो ‘मिडल फिन्गर’(बीचको औँला) उठाइन् । त्यस्तै, विपक्षी सांसदहरुले मोइत्राको प्रशंसाा गरेका छन् ।
एक साहसिक महिला सांसदको अघि वरिष्ठ सांसदहरुलाई हलचल गर्न समेत संकोच भइरहेको थियो । मोइत्रा यतिबेला केन्द्र सरकारको ‘सर्भिलेन्स’ नीति विरुद्ध सर्वोच्च अदालतमा एक मुद्दा लडिरहेकी छिन् । लोकसभा हस्तक्षेप गर्नु एकतर्फी भाषण मात्रै थिएन, मोइत्रा को हुन् र केमा विश्वास गर्छिन्, यसको एक प्रतिबम्ब हो ।

Facebook Comments Box