आइतबार १५, असार २०७६

विराटनगर /  उपमेयर कप महिला फुटबल प्रतियोगिताको विजेता टीमलाई विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीले उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको टीमलाई शनिवार पाँच लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी र महिला टीमका व्यवस्थापक उद्धव अर्यालले विराटनगरको टिमले निकै मजबुत मानिएका टोलीलाई हराएर उपाधि जितेको बताए

Facebook Comments Box