दमक ४ कृष्णमन्दिर स्थित विद्यालक्ष्मी अंग्रेजी माध्यमिक विद्यालयले यसपटको एस इइ परिक्षामा २ जना ए प्लस सहित सतप्रतिशत विद्यार्थी उत्रिण गराउन सफल भएको छ । गत चैत्रमा लीइएको एसइइ परिक्षामा विद्यालक्ष्मी बाट २६ जना बिद्यार्थी सामेल भएका थीए गत विहीबार प्रकाशित नतिजा अन’सार जम्मा सामेल बिद्यार्थीह? मध्ये ए प्लस २ जना , ए ८ जना र वि प्लस १६जना सहित सबै बिद्यार्थी सफल भएको विद्यालयका प्रिन्सपलराजन प्रसाइले जानकारी दिए ।
प्राप्त नतिजालाइ सकारात्मक रुपमा लींदै प्रसाइले सबै विद्यार्थी अभिभाबक, बिद्यालय परिवार तथा सरोकारवाला सबैलाइ धन्यवाद दिएका छन । साथै निरन्तर राम्रो नतिजाका लागी आगामी दिनहरुमा अझै मेहेनतका साथ अगाडी बढ्ने विद्यालयले जनाएको छ ।

Facebook Comments Box