नवराज प्रधान

आजको समयमा कप्यूटर मानिसको लागि एउटा अपारिहार्य वास्तुको रुपमा वनिसकेको छ, यसले मानिसलाई काम गर्न सजिलो मात्र वनाएको छैन यसबाट छिटो सरल र सठिक तरिकाले काम हुने गर्दछ । यद्यपी कम्प्युटरका फाइदा मात्र नभई यसको निरन्तर प्रयोगले मानिसको शरिरलाई प्रतिकुल असर पनि निम्त्यउन सक्छ । कप्यूटरको निरन्तर प्रयोगले मानव शरिरमा पु¥याउन सक्ने हानि मध्ये कंप्यूटर भिजन सिड्रोम एउटा प्रमुख हो ।
विभिन्न रिसर्चका अनुसार यदि कोही मानिस निरन्तर तीन घन्टा या सो भन्दा बढी समय कंप्यूटर अघि बसेर काम गर्छ भने, उक्त व्यक्तिलाई कंप्यूटर भिजन सिंड्रोम हुने सक्ने प्रवल सम्भवना हुन्छ । यस तत्थलाई पुष्टी गर्न भखरै भएको एउटा शोधले संसरभर करिव सात कढोड व्यक्ति यसको शिकार भएको पाएको छ । जस मध्ये मुख्य रुपमा अकाउटेन्ट, आर्किटेकस बैकँर्स, इन्जीनियर, फ्याइट कन्ट्रोलर, ग्राफिक डिजाएनर, जर्न्लिष्ट जस्ता पेशामा रहेका व्यक्तिमा यसको प्रभाव बढि पाइएको छ । अझ निरन्तर कंप्यूटरमा बसेर पढ्ने या विभिन्न कंप्यूटर गेम खेल्ने विध्यार्थी तथा युवाहरुमा पनि सम्भवना उच्च रहेको छ ।
कम्प्युटर भिजन सिंड्रामका कारणहरु
कम्प्युटर भिजन सिंड्रोमको प्रमुख कारण मध्ये माथि उल्लेख गरे जस्तै विना विश्राम निरन्तर कम्प्युटर अगाडि बसि काम गर्नुनै हो, जसमा निरन्तर तीन घन्टा या सो भन्दा बढी समय सम्म काम गर्ने लाई यसको असर अझ बढी रहेको पाइन्छ । कम्प्युटर भिजन सिंड्रामका थप कारणहरु तल उल्लेखित गरिएको छ ।
१) मधुरो प्रकाशमा निरन्तर काम गर्ने ।
२) देखाइको क्षमतामा सम्स्या हुनु ।
३) मधुरो प्रकाशमा निरन्तर काम गर्नु ।
४) कम्प्युटरमा वसेर काम गर्ने बसाइको तरिक ठिक नहुने अर्थात सठिक कोणमा नवसनु ।
५) आँखा पहिलो देखिने अन्य समस्याको बावजुद पनि निरन्तर कंप्यूटरमा काम गनेु नै कम्प्युटर भिजन सिंड्रोम का प्रमुख कारण हो ।
कम्प्युटर भिजन सिंड्राम का लक्षणकहरु
कंप्यूटर भिजन सिंड्रोमको अधिकत्म लक्षण अस्थाई हुन्छ, र कम्प्यूटरको प्रयोग बन्द गरेपछि यसको असर क्रमश कम हुदै जान्छ, तर कति पय मानिसमा भने कम्प्युटरको प्रयोग बन्द गरे पछि पनि दृष्टि सम्बन्धी विभिन्न सम्स्याहरु देखा परिनै रहन्छ । जस मध्ये धमिलो दृष्टि हुनु, टोउको दुख्ने जस्ता प्रमुख लक्षण हो ।

सांकेतिक तस्विर

हुन । यदि यसको समयमा नै उपचार हुन नसके यसबाट आँखालाई द्धिर्घकालिन क्ष्यति पुग्ने कुरामा दुई मत छैन । कम्प्युटर भिजन सिंड्रोका थप लक्षणहरुमा
१ आँखा रातो हुने,
२) आँखा पोल्ने,
३) आँखाबाट आशु झर्ने,
४) आँखामा थकाई महसुस हुने,
५) आँखा तथा शरिर थाकेको महसुस हुने,
६) आँखा सुखा हुनु,
७) डांड र कुम थाक्नु या दुख्नु जस्ता प्रमुख लक्षणहरु रहेका छन् ।
कंप्यूटर भिजन सिंड्रोमका रोकथाम तथा उपचार
कुनै पनि रोगको उपचार गर्नु अघि आफूमा उक्त रोग लागेको हो होइन भन्ने कुरा जन्नु पर्ने हुन्छ, यसका लागि हामीले नियमित रुपमा वर्षमा कम्तिमा पनि एक पटक स्वस्थ्य परिक्षण गर्ने बानीको थालनि गर्नु जरुरी छ । अझ आँखा जस्तो संबेदशील अंगको परिक्षण र उपाचरमा हामी उदासिन भएको देखिन्छ, हामीले नियमित रुपमा आँखाको परिक्षण गर्ने वानीको थालनी ग¥यो भने आँखा सम्बन्धी विभिन्न रोग भए–नभएको थाहा हुन्छ ।
आफूलाई कंपयूटर भिजन सिंड्रोम छ छैन भनि जान्न पनि यसका संवाबित लक्षणहरुका आधारमा आँखाको नियमित जाँच नै हो । यसै जाँच बाटै आफूलाई कंप्यूटर भिजन सिंड्रोम भएको छ छैन थाहा हुन्छ, र समयमानै यसको उपचार या रोकथाममा अग्रसर हुन सकिन्छ ।
तथापि कंप्यूटरमा निरन्तर काम गर्नु पर्ने व्यक्तिहरु तल उल्लेखित उपायहरुको पालना गरी यसको सम्स्याबाट बच्न सकिने छ ।
१) निरन्तर कंप्यूटरमा वसी काम गर्नेु परे, हरेक २० मिनेटमा एउटा छोटो विश्राम लिई आँखालाई अरम दिने ।
२) २०÷२०÷२० को रुल अप्नाउने प्रत्येक २० मिनेटमा २० सेकेन्डको लागि २० फिट टाडा सम्म हेर्ने । यसरी कोठाबाट बाहिर हेर्ने ठाउँ नभए आँखा चिम्लिएर आँखाको गेडीलाई दायाँ, बायाँ, तल र माथी चारै तिर घुमाउने ।
३) कंप्यूटरमा उच्च ग्राफिक तथा प्रकाश कम गर्ने ।
४) परवैजनि किरण बाट हुन सक्ने नोक्सन बाट बच्न चश्माको प्रयोग गर्ने ।
५) कम्प्युटर मा काम गर्दा सटीक कोण र दुरिलाइ ध्यान दिने, धेरै नजिक वा धेरै टाँढा नबस्ने ।

६) वाइफोकल या प्रोगेसिव लेन्स प्रयोग कर्ताले भनि
कंप्यूटरको स्क्रिन जहिले पनि आँखाको लेबल भन्दा तल राख्ने ।

लेखक आँखा उपचारको क्षेत्रमा प्रदेश एकमै ख्याती प्राप्त मेची नेत्रालय एण्ड अप्थाल्मीक रिसर्च सेन्टरको मुख्य व्यबस्थापकको रुपमा कार्यरत हुनुहुन्छ ।

Facebook Comments Box