आगामी भाद्र २० गते दमक उद्योग बाणिज्य संघको र्निवाचन हुन गैरहेको छ । यो निर्वाचनमा केहि स्वतन्त्र वाहेक मुख्य गरी दुइ प्यानल रहेका छन । गोकुल श्रेष्ठको नेतृत्वमा लोकतान्त्रिक प्यानल र बिमल खतिवडाको नेतृत्वमा प्रगतिशिल प्यानल । यि दुवै प्यानल अन्र्तगत बिभिन्न व्यावसायमा क्रियाशिल व्यावसायीहरुले बिभिन्न पदमा उमेद्धवारी दिएका छन । ति मध्येका एक हुन दमकका पुराना तथा निकै चर्चित व्याक्तित्व युवा व्याबसायी तथा सामाजिक ब्याक्तित्व मोहन ढकाल । गोकुल श्रेष्ठ नेतृत्वको लोकतान्त्रिक प्यानलवाट कार्यसमिती सदश्यका लागी ढकालले उमेद्दवारी दिएका हुन । होटल व्याबसायीहरुको तर्फबाट साझा उमेद्धवारको रुपमा ढकालको उमेद्धवारी परेको हो । बिगत लामो समयदेखी व्याबसायीक रुपमा होटल संचालन गर्दै आएका ढकालले केही बर्ष अघि देखी मोरँगको उर्लाबारीमा अत्याधुनिक सुविधा सम्पन्न कत्यायानि हेरिटेज नामको रिसोर्ट पनि संचालनमा ल्याएका छन ।

को हुन मोहन ढकाल

मोहन ढकाल ब्यावसायीक क्षेत्रमा चिरपरिचित तथा स्थापित नाम हो । पुर्वको दमकलाइ कर्मथलो बनाएर निरन्तर व्यावसायीक क्षेत्रमा क्रियाशील ढकाल पेशाले होटल ब्यावसायी हुन ।

आसामको आलीनगरमा बुबा रेवतीराज ढकाल र आमा आत्मादेवी ढकालको दोस्रो सन्तानको रुपमा २०३१ सालमा जन्मिएका ढकाल आफनो ब्यावशायीक करीअर खाज्ने क्रममा आज भन्दा करिब ३६ बर्ष पहिला परिवारको साथमा झापाको दमक आएका थिए । रहदै बस्दै गर्दा उनले दमकलाइ नै आफ्नो कर्मथलो बनाउने निधो गरे र आफ्नो ब्यावसायीक यात्रा होटल ब्यावसाय बाट सुरु गरे ।

दमकमा ब्यावसायीक रुपमा होटल संचालन गर्ने पुराना ब्यावसायी भित्र पर्दछन ढकाल, अझ भन्दा दमकमा ब्यावसायीक रुपमा होटलको सुरुवात गर्ने श्रेय नै ढकाल लाइ जान्छ । हाल दमकमा ब्यावसायीक रुपमा संचालनमा रहेका दमक गष्ट हाउस , मनकामना , कामक्ष , गोरखा , होटल हाइ वे , कलश , लगायतका होटलहरुको सुरुवात ढकालले नै गरेका थिए । ढकाल भन्छन होटल ब्यावसायमा रस भिजेपछी अरु ब्यावसायको बारेमा सोच्नै सकिएन । यस क्षेत्रमा निरन्तर संर्घष गर्दै अगाडी बढिरहेका ढकालको हाल दमक ८ स्थीत सेतुमारी रोडमा होटल कत्यायानी , र उर्लाबारी – ४ मा होटल हेरीटेज एण्ड रिसोर्ट संचालनमा रहेका छन । यी दुवै होटल दमक तथा उर्लाबारी क्षेत्रकै उत्कृष्ट र सुविधा सम्पन्न मानिन्छन । ब्यवस्थीत होटल ब्यावसाय संचालनका लागी समाजले हेर्ने दृष्टिकोण र दक्ष जनशक्तीको अभाब नै अहिलेको मुख्य चुनौति रहेको ढकाल बताउछन । होटल ब्यावसायलाइ औद्योगीकरण गर्ने र पर्यटन संग जोड्ने हो भने यो ब्यावसाय प्रतिको राज्यको दृष्टिकोणमा परिर्वतन हुनुपर्ने धारणा उनको रहदै आएको छ ।

यस्तो छ उमेद्धवार ढकालको प्रतिवद्धता


दमक उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य पदकालागी होटल व्याबसायीहरुको तर्फबाट उमेद्धवारी दिए संगै ढकालले आम होटल व्यबसायी र समग्र व्याबसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । यो ३६ बर्षको व्याबसायीक यात्रामा आफुले धेरै समस्याहरु भोगेको र ति समस्याहरुको चुरो पनि आफुलाइ थाहा भएको ढकालले बताएका छन । होटल ब्यावसाय पर्यटन उद्योगसंग सम्बन्धित ब्यावसाय हो तर देशमा संघियता आइसकेपछी पनि स्थानिय तथा प्रदेस सरकारहरुले यसलाइ उद्योगको रुपमा मान्यता दिन सकेका छैनन, यसले गर्दा व्याबशायीकरुपमा होटल ब्यावसाय संचालन गर्नेहरुले राज्यबाट प्राप्तगर्ने विद्युत महसुलमा सहुलीयत जस्ता थुप्रै सुविधाहरु पाउन सकेका छैनन, सामाजिकरुपमा हाम्रो व्याबसायप्रति जुन दृष्टीकोण छ त्यसमा परीर्वतन गर्नपनि राज्यका संयन्त्र र हामी बिच सहकार्य जरुरी रहेको उनको भनाइ रहेको छ । त्यस्तै बैँक तथा वित्तिय संस्थाहरुको थेग्नै नसकिने चर्को ब्याजदर र राज्यको बिभिन्न शिर्षकमा भैरहेको कर वृद्धीले होटल व्यवसाय टाट पल्टिने अबस्थामा पुगिरहेको पनि ढकालले बताए ।

 

यि सबै अबस्थाहरुलाइ मध्यनजर गर्दै आफुले दमक उद्योग वाणिज्य संघको कार्यसमिती सदस्यका लागी (होटल व्यबसायीहरुको साझा उमेद्धवारको रुपमा) वस्तूगत तर्फबाट उमेद्धवारी दिएको उनले वताए । बिगत देखी नेै आम व्याबसायीहरुका समस्यामा निरन्तर लागीपरेका ढकालले , अब संस्थागतरुपमै सबै व्यबसायीहरुको हितमा लाग्ने वताउदै आगामी भदौ२० गते हुने मतदानमा आफुलाइ विजयी गराउन सबै उद्यागी व्यपारी तथा व्यावसायीहरुमा आग्रह गरेका छन ।

Facebook Comments Box