अन्तराष्ट्रिय कराँते प्रतियोगीतामा प्रनिशाले जितिन् दुई पदक

झापाको दमक– १ स्थित चुलाचुली अंग्रेजी माविको कक्षा ५ मा अध्ययनरत छात्रा प्रनिसा नेपालले नोबेल अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा दुई वटा पदक जितेकी छन ।
नोबेल अस्पताल बिराटनगरको प्रायोजनमा बेलबारी नगर सितोरियो कराँते संघले मोरङ जिल्लामै पहिलो पटक आयो
जना गरेको सो अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा उनले एक रजत र एक काँस्य पदक जित्न सफल भएकी हुन् । उनले ३५ केजी तौल समुहबाट सहभागी हुँदै सो पदक जितेकी विद्यालयका संस्थापक पिन्सिपल चन्द्र प्रकास राइले जानकारी दिए ।


अन्तराष्ट्रियस्तरको सो प्रतियोगितामा नेपालले जम्मा १९ स्वर्ण, २३ रजत र २५ कांस्य गरी कुल ६७ पदक जितेको थियो । उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कांस्य गरी कुल १५ पदक जित्यो । प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र १७० कांस्य पदकका लागि ६ देशका ५२ टिमबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तानका ६ सय ५० खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।