दमक,१७ माघ/   दमक २ कै हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत ५ वर्षिय चेतन अधिकारी प्रशासनको लापरवाहीका कारण मंगलवार दुई घण्टा बढी चर्पी कोठामा थुनिएका हुन् । बालक चर्पी कोठामा रहेका बखत सावधानी नअपनाउदाँ ती वालक विद्यालयको चर्पी कोठामै थुनिन पुगेका हुन् । विद्यालय छुटेर छोरा घर नआएपछि खोजी गर्दा चर्पीमा थुनिएको पाईएको वुवा मोहन अधिकारीले वताए ।विद्यालय प्रशासनको लापरवाहीका कारण झापा, दमक २ डाकिनीका एक बालक नजिकैको आफनो विद्यालयको चर्पी कोठामा दुई घण्टा बढी थुनिएका छन् ।

मंगलबार बेलुका ४ बजे पछि छोरा घर नफर्के पछि अधिकारी परिवार आत्तिएका थिए । विद्यालयदेखि सधै नियमित फर्कने छोरा घर नआएको भनेर विद्यालयका शिक्षक शिक्षिकाहरुसंग सोध्न पुगेका थिए । तर शिक्षकहरुले समेत छोराको अवस्था थाहाँ नभएको बताएपछि यताउता खोजी गर्दै ताला लगाइएको चर्पीमा रुदै गरेको अवस्थामा भेटिएको मोहनले वताए । चर्पीमा नै खोली हेर्दा बालक हिलाम्मे र जाडोले काम्दै गरेको अवस्थामा भेटिएको अधिकारीले बताए ।

मोहनले भने– ‘चेतनले ट्वाइलेटको ढोका मुनिको खाली भागबाट छिर्ने प्रयास गरेछ, भित्रबाट चिच्याएछ, चर्पी भित्र रहेका इटाका टुक्राहरु बाहिर फालेछ, त्यति गर्दा पनि नभएपछि कैदी जस्तै रुदै बसिरहेको थियो ।’ उनले भने ‘मेरो दिमागले चर्पीमा पो छ कि भन्ने नसोचेको भए मेरो छोरो बच्ने थिएन् ।’
विद्यालयमा यसरी कुरा राख्दा समेत विद्यालय प्रशासनले चासो नदिएको गुनासो अधिकारीको छ ।

विद्यालयका शिक्षक द्रोणबहादुर श्रेष्ठले कुनै कारणले बच्चालाई थुनेको नभई बच्चाले दिशा गरेको र डरले चर्पीमा लुकेकाले बच्चा नदेखेकाले ताला लगाइएको हुनसक्ने बताएका छन् । तर चर्पी कोठामा ताला कस्ले लगाएको हो भन्ने आफूलाई जानकारी नभएको श्रेष्ठले बताए । यसअघि पनि विभिन्न ठाउँहरुमा विद्यालयका असवधानीका कारण बच्चाहरु चर्पीमा नै थुनिएर ज्यान गएका कयौ यस्तो घटना हुदै आएका र यसप्रति विद्यालय सचेत रहनुपर्ने बुवा अधिकारीको सुझाव छ ।

Facebook Comments Box