दमक,१७ माघ /  झापाका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज विहान गृह जिल्ला झापा आउदै छन् । जिल्लाका आधा दर्जन विभिन्न कार्यक्रममा सहभागी हुन प्रम ओली झापा आउन लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार आजदेखि दमकमा हुने प्रदेशस्तरिय बृहत बाल महोत्सवको विहान ११ वजे प्रम ओलीले उद्घाटन गर्ने छन् । त्यसपछि कमल गाँउपालिका–३ स्थित शहिद धर्मभक्त माविको स्वर्ण महोत्सव समापन समारोहमा दिउँसो १ देखि २ वजेसम्म सहभागी हने छन् ।
त्यस कार्यक्रम लगत्तै अपरान्ह ३ बजे भद्रपुरस्थित मेची नदीको पुल उद्घाटन गर्ने कार्यतालिका छ भने साँझ ५ बजे उनले भद्रपुर बिमानस्थलबाट हुने रात्रीकालिन उडानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओली झापा आउने भएपछि जिल्लाको सुरक्षा सतर्कता बढाईएको छ ।

Facebook Comments Box