शहीद दिवसको अवसरमा रक्तदान

माघ १७ इटहरी / शहीद दिवसको अवसर पारेर सुनसरीको इटहरी ५ सिमरवनामा विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा दुई सय वढी मानिसहरुले रक्तदान गरेका छन ।


सिमरवना वचत तथा ऋण सहकारी संस्था, लायन्स क्लव अफ इटहरी स्मार्ट सिटी , जनता उच्च मावि , नेपाल रेडक्रस सोसाइटी इटहरी र लियो क्लव अफ इटहरीको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा दुई सय ५१ जनाले का हुन । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानमा पुर्व क्षेत्रकै सवै भन्दा वढी रक्त संकलन हुने क्षेत्रका रुपमा परिचित इटहरीमा भएको रक्तदान मध्ये धेरै मानिसहरुले रक्तदान गरेको जनाइयो । रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग गरेको लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीका अध्यक्ष राजेन्द्रकेशरी घिमीरेले जानकारी दिए । सोही अवसरमा सिमरवना बचत तथा ऋण सहकारीले उत्कृष्ट वचतकर्ता तथा ऋणी र उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यहरुका सन्ततीहरुले सम्मान समेत गरेको कार्यक्र मका अध्यक्ष भिष्मकुमार घिमीरेले जानकारी दिए ।