कमलमा बालउद्यान सहितको रिसोर्ट संचालनको तयारी

बैकल्पिक खवर

कमल / दमकसंगै जोडिएको झापाको कमल गाँउपालिका वडा नम्बर ५ स्थित लभडाँडामा बाल उद्यानसहितको सुविधासम्पन्न रिसोर्ट नयाँ बर्षदेखि सञ्चालनमा आउने भएको छ ।
दमकका सामाजिक व्यक्तित्व रुद्र कार्कीले आफनो साढे दुई विगाहा क्षेत्रफलमा स्थापना गरेका रिभरभ्यू हेरिटेज रिसोर्ट औपचारिक रुपमा यहि बैशाख १ गतेदेखि सञ्चालनमा आउने लागेको हो ।
दुई वर्षदेखि निर्माण शुरु गरिएको रिसोर्ट यहि बैशाखदेखि सञ्चालन आउने सञ्चालक कार्कीले वताएका छन् । उद्घाटनका अवसरमा रिसोर्टमा आउने अवलोकनकर्ताहरुलाई लक्षित गरि एकसातासम्म राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिने तय भएको उनले जनाए ।
रिसोर्टमा बाल उद्यानसहित स्वीमिङ पुल, रेष्टुरेन्ट,सभाहलसहित मनोरञ्जनस्थल समेत रहने सञ्चालक कार्कीले वताए । रिसोर्टमा करिव ५० करोड बढी लगानी भईसकेको जनाईएको छ । रिसोर्टमा त्यसवाहेक युवा तथा प्रौढहरुलाई लक्षित गरेर व्यायामशाला समेत राखिने गरि काम थालिएको जनाईएको छ ।
पूर्वपश्चिम राजमार्गको दमकको रतुवा पुल पूर्वस्थित लभडाँडामा रिसोर्ट निर्माणभएपछि त्यस क्षेत्रको नै आन्तरिक पर्यटन , प्रर्वद्धनमा सघाँउ पुग्ने उनले वताए । उनका अनुसार अहिले निर्माणस्थलमा आन्तरिक संरचना निर्माण अन्तिमचरणको पुगेको छ । पार्किङ सहितको सुविधासम्पन्न रिसोर्टमा बालबालिकाहरुका लागि आवश्यक संरचनासंगै मनोरञ्जन गर्न वोटल हाउसको नौलो विशेषता भएको रेष्टुरेन्ट समेत उपलव्ध हुने उनले जनाएका छन् ।
दृश्यावलोकनसहित एकै ठाँउमा नै मनोरञ्जन दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको भन्दै उनले भने, –‘दमक आसपास यस्तो स्थल नभएकाले पनि सर्वसाधारणहरुलाई लक्षित गरि सेवा पुरयाँउन रिसोर्ट पक्कै यहाँको एक आर्कषकस्थल गन्तव्य वन्ने छ ’
राजमार्गसंगै जोडिएको यस रिसोर्ट घुम्न तथा खानपीनका लागि क्रिडास्थलका रुपमा विकास गर्न रिसोर्टलाई थप विकास गरिदै लैजाने उनले वताए । सामाजिक कामकाजमा समेत उतिकै क्रियाशील कार्कीले यस रिसोर्ट तयार भएपछि अव कसैलाई घुम्न तथा रमाइलो गर्न टाढा जानु नपर्ने वताँउछन् । भन्छन्, –‘रिसोर्टमा आउने ग्राहकले सवारी साधन पार्किङको शुल्क तिर्नु नपर्ने तथा अन्य सेवा पनि गुणस्तरसंगै अत्यन्त सरल हुने छ ’ रिसोर्टमा प्रवेश शुल्क प्रतिव्यक्ति रु १०० राखिएको छ भने त्यहाँ भित्रका सवै संरचना छुट्टै बिषेशतायुक्त भएको सञ्चालक कार्कीले जनाएका छन्।

बुधबार, १८ चैत, २०७७, दिउँसोको ०१:१६ बजे

सम्बन्धित खवर