तेह्रथुम /  पुर्वकै ऐतिहासिक “मदनमेला” तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा यस वर्ष लाग्ने भएको छ । आठराई क्षेत्रको खेलकुद, साहित्य र संस्कृति विकासको महत्त्व बोकेको मेल नव वर्षको अवसरमा बैशाख ४ गतेदेखि १० गतेसम्म संचालन हुने भएको हो ।

मेला संचालनका लागि उद्योग वाणिाज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा २१ सदस्यीय “मदनमेला” मुल आयोजक समिति गठन भएको छ । मदन धाराका संरक्षक कनकमणि दिक्षितको संयोजकत्वोमा ९ सदस्यीय सल्हाकार समिति समेत गठन भएको बताईएको छ ।

मेलाकै अवसरमा यसवर्ष मदन मेमोरियल पुरुष फुटबल प्रतियोगिता, खुल्ला महिला फुटबल, पुरुष भलिबल, व्याडमिन्टन र छेलो लगायतका मनोरन्जनात्मक तथा रोचक खेलकुद सन्चालन हुदै छन् । यस्तै मेलाका अवसरमा लिम्बु समुदायको वाहुल्यता रहेको उक्त क्षेत्रमा लिम्बुहरुको सांस्कृतिक पहिचान बोक्ने धान नाच लगायत विविध साहित्यिक तथा साँस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने भएको छ ।

संक्रान्तिबजारमा वि.स. २०१५ सालदेखि अक्षतृतीयाको अवसरमा लाग्दै आएको मदन–मेला सशस्त्र हिंसाका बेला संचलान हुन छाडेको थियो । संक्रान्ति बजारमा तत्कालिन रानी जगदम्बाले स्व. पति मदन शम्शेरको स्मृतिमा मदन ट्रष्ट खडा गरी मदन धारा, जगदम्बा दातब्य औषधालय, अतिथि भवन र रानी चौतारा निर्माण सँगै मदन मेला संचालन भएको स्थानीय बताउँछन् ।

मदन ट्रष्टका संरक्षक दिक्षितको पहलमा पुनः नयाँ वर्षको अवसर पारेर २०६८ साल देखि मेलालाई निरन्तरता दिइएको थियो । संक्रान्तिबजारमै रहेको अतिथि भवन माओवादीले सशस्त्र हिंसाका बेला ध्वस्त पारेका थिए । द्धन्द्ध कालदेखिनै बन्द भएको औषधालय अहिले सम्म संचलानमा आउन सकेको छौन् । मदन मेला पुनस्थापित भएर मदन ट्रष्टको सहयोगमा स्थानीयको अगुवाई संचलान हुदै आएको छ ।

Facebook Comments Box