दुर्घटनामा तीन जनाको मृत्यु 

चैत १७, २०७५ बर्दिया /  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दियाको बारबर्दिया नगरपालिका(९ वनगाँई ग्याङ नदी नजिक मोटरसाइक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प ६९६८ र विपरीत दिशाबाट आइरहेको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएको हो।  मृत्यु हुने बर्दिया मधुवन–१ का २१ वर्षीय सुरज चौधरी १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का २३ वर्षीय खगेन्द्र बस्नेत रहेको इलाका प्रहरी बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिए। उनीहरुमध्ये सुरज र कृष्णाको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो।

 

आइतबार, १७ चैत, २०७५, बिहानको ०९:३२ बजे

सम्बन्धित खवर