अध्यक्षमा बाबुराम, सचिवमा डण्डीराज


दमक,१७ चैत्र , गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा मिश्रित परिणाम आएको छ । लोकतान्त्रिक प्यानलका बाबुराम भण्डारी निर्वािर्चत भएका छन् । नौ सदस्यीय कार्यसमितिमा अध्यक्ष र एक सदस्य लोकतान्त्रिकले जितेको छ भने सचिवसहित अन्य सबै पद नेकपाको प्रगतिशील प्यानलले जितेको छ ।
भण्डारीले नेकपाका दुर्गा गौतमलाई हराउदै खानेपानीको अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । गएराती सम्पन्न मतपरिणाम अनुसार विजयी भण्डारीले ८ सय १९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी प्रगतिशील प्यानलका गौतमले ७ सय ९२ मत प्राप्त गरेका थिए । अध्यक्षमा २७ मतको अन्तर रहयो ।
समितिको सचिव पदमा प्रगतिशील प्यानलका डण्डीराज घिमिरेले ९ सय ५६ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी देवेन्द्र खड्काले ६ सय १९ मत मात्र प्राप्त गरेका छन् ।
यसैगरि सदस्यहरुमा लोकतान्त्रिक प्यानलका भुपाल कटुवाल (७८६) बाहेक सवै प्रगतिशील प्यानलले जितेको छ । सदस्यमा निर्वाचित हुने अम्बर खत्री (९३२ ) ,नगेन्द्र कार्की (८८२ ) ,नारायण घिमिरे (८०४ ) र महिला सदस्यतर्फ धन माया अधिकारी (७३० ) , शान्ता पराजुली (७९४ ) र सिता बुढाथोकी (७६२ ) ल्याएका थिए । मतपरिणाम अनुसार सदस्यमा पराजित भएका कृष्ण बास्कोटा (७६५),लब हरी दाहाल (५५६),लोकनाथ राजबंशी ( ४३९) र हरी बर्देवाले ६७० मत प्राप्त गरेका थिए ।
यस्तै, महिला सदस्य पराजित हुने दुर्गा आचार्य (६४२), भुमिका बानिया (५३७ )र मन्दिरा कार्कीले ७१९ मत प्राप्त गरेकी थिईन् ।
यस्तै ,तीन सदस्यीय लेखा समिति प्रगतिशीलले जितेको छ । जसअनुसार संयोजकमा पुण्य सिग्देल (८३५ ) र सदस्यद्धयमा दिपक उप्रेती (८५५ ) र नारायण काफ्ले ( ७३९ ) विजयी भए । उनीहरुका प्रतिष्पर्धी संयोजकका उम्मेदवार भूपालमान कार्कीले ६२६ मत पाएका थिए र सदस्यमा नारायण कार्की (७२१ ) र यमनाथ पौडेलले (५५७ ) मत पाएका थिए । २१९५ उपभोक्ताहरु रहेको खानेपानीको निर्वाचनमा भने १७१५ मत खसेको थियो ।

Facebook Comments Box