तृतिय उपाध्यक्षका लागी मैदानमा ज्ञानु पौडेल

दमक उद्योग वाणिज्य संघको आगामी २० गते हुन गैरहेको निर्वाचनमा सामाजिक व्याक्तित्व तथा सफल युवा व्याबसायीको छवि बनाउन सफल दमक किचन गुडस्का चंचालक ज्ञाननाथ पौडेल (ज्ञानु) तृतिय उपाध्यक्षका लागी मैदानमा आर्लिएका छन । मैदानमा रहेका उम्मेदवारहरु मध्ये आम व्यवसायीहरुमाझ छुट्टै पहिचान बनाउन सफल उम्मेद्वार हुन् ज्ञानु । प्रगतिशील व्यवसायी समुहको तर्फबाट तृतीय उपाध्यक्षका उम्मेद्ववार रहेका पौडेल तुलनात्मकरुपमा बलियो उमेद्धवार मानिन्छन ।


लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील पौडेल सरल र असल बानी व्यवहार भएका कारण युवा तथा आम ब्यावसायीहरु माझ लाकप्रिय छन । आर्थिक अनुशासन , पारदर्शीता , सरलता, मिजासीलो स्वभाब र सहयोगी भावना उनको परिचयको महतवपुर्ण आधार हो । पौडेलगरीब, असहाय र दिनदुखीहरुको सेवाका लागि सधैं सहयोग गर्न तत्पर हुने व्यात्तिकारुपमा परिचत छन । सफलताका लागि सधैं मेहनत, परिश्रम र इमान्दार व्यवहार हुनुपर्ने उनको मान्यता रहेको छ ।
अघिल्लो पटक भएको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय मत ल्याएर कार्य समिति सदस्यमा निर्वा्चित भएका पौडेलको तृतिय उपाध्यक्षमा उमेद्धवारी परेसंगै एकाएक माहोल तातिएको छ । बिषेषगरी युवा व्याबसायीहरु उत्साहित भएको देखिन्छ ।
व्यवसायसंगै सामाजिक काममा सक्रिय पौडेल लायन्स क्लबमा आवद्ध छन । हाल लायन्स क्लब लखनपुरको अध्यक्ष पदको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरिरहेका पौडेल , बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेका छन ।
आवश्यक कुरा मात्रै बोल्ने, स्पष्ट धारणा राख्ने र आवश्यक परेको ठाउँमा सहयोगी हात अघि बढाउन सधैं तत्पर हुने गरेका पौडेलको पारिवारिक पृष्ठभुमी पनि व्यापारनै हो ।
दाजु नारायणप्रसाद र भाइ रोशनको समेत अटुट सहयोगले उनी व्यापारसंगै सामाजिक सेवाका काममा निस्कन फूर्सद पाउँछन् । सामाजिक कामका लागि आफूले कमाएको धनको केहि प्रतिशत रकम खर्चिन पाउँदा खुशी लाग्ने गरेको पौडेल बताउँछन् ।वित्तिय क्षेत्रमा समेत लगानीकर्ताको परिचय बनाइसकेका पौडेल द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका सचिवसमेत हुन् ।
तृतिय उपाध्यक्षको उमेद्धवारका रुपमा पौडलको प्रतिबद्धता
आसन्न निर्वाचनमा तृतिय उपाध्यक्षको उमेद्धावार भएर मैदान ओर्लिदै गर्दा ज्ञानु पौडलले सार्बजनिकरुपमै केही प्रबिद्धता र प्रतिज्ञा गरेका छन । लामो समयदेखी ब्यावसायीक क्षेत्रमा क्रियाशील भएको नाताले आम ब्यावसायी हरुले भोग्ने गरेका समस्याकोहरुको बारेका आफुलाइ गहिरो जानकारी रहेको पौडेल बताउछन । व्यबसायमा भिभिन्न कारणले गर्दा दिनानु दिन जोखीम बढिरहेको उनको बुझाइ रहेको छ । असुरक्षापनि त्यत्तिकै रहेको उनि बताउछन । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याज र बिभिन्न बहानामा राज्यले लगाएको दोहोरो , तेहोरो करले गर्दा आम ब्यावसायीहरु ब्याबसाय नै टिकाउन नसक्ने अबस्थामा रहेको उनको बुझाइ रहेको छ । यि सबै अबस्थालाइ मध्यनजर गर्दै आफुले यसपटक तृतिय उपाध्यक्षमा उमेद्धवारी दिएको उनि बताउछन । यी समस्याहरुको बारेमा आफुले बिगत देखी नै निरन्तर आवाज उठाउदै आएको स्मरण गर्दै पौडेलले आगामी दिनमा संस्थागतरुपमा नै दवाब सृजना गर्न आफु उमेद्धवार बनेको प्रस्ट पारे । आगामी २० गते हुन गैरहेको मतदानमा आफुलाइ विजयी गराउन आग्रह गर्दै पौडेलले आफुलाइ यस क्षेत्रका ब्यावसायीले दिएको जिम्मेबारी इमान्दारीपुर्वक निर्बाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।