शनिबारबाट हाम्रागोल्डकप सुरु हुँदै – उद्घाटन खेल आयोजक जायना र सिक्किम आक्रामक बिच हुने

दमक / अन्नपूर्ण हाम्रो पूर्वाञ्चाल गोल्डकप २०७६ आगामी सनिबार बाट आयोजना हुने भएको छ । गत असोजमा आयोजनाको सम्पुर्ण तयारी पुरागरीसके पछी निरन्तरको बर्षाले स्थगित भएको सो गोल्डकप आगामी १६ गते सनिबार वाट संचालन गरीने आयोजकले जनाएको छ । आज डोमालाल राजबंशी रंगशालामा पत्रकार सम्मेलन गरी आयोजकले सो जानकारी दिएको हो । उद्घाटन खेलमा आयोजक जायना स्पोर्टस क्लब र सिक्किम आक्रामक फुटबल क्लब भिड्ने भएका छन् । कात्तिक १६ गतेदेखि २५ गतेसम्म झापाको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन १ नम्बर प्रदेश सरकारका गृहमन्त्री माननिय हिक्मत कार्कीद्धारा हुने आयोजक क्लबका सल्लाहकार तथा आयोजक समिति सदस्य गौरीमान राइले जानकारी दिए । सो प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भैसकेको आयोजकले जनाएको छ ।


प्रतियोगिताको दोस्रो खेल कात्तिक १७ गते आइतबार झापा ११ र नेपाल पुलिस क्लबबीच हुनेछ । कात्तिक १८ गते समुह ‘ए’ मा रहेको आयोजक र सिक्कीम आक्रामबीचको बिजेतासँग संकटा फुटबल क्लबले खेल्नेछ । सो खेलबाट बिजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।कात्तिक १९ गते समुह ‘बी’ मा रहेको झापा ११ र नेपाल पुलिसबीचको बिजेतासँग सशत्र प्रहरीको एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछ । सो खेलमा बिजयी टोलीले फाइनल प्रवेशका लागि गोर्खा ब्वाइज रूपन्देही र थ्रि स्टारबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।