दमक,१६ पुस / होटल ब्यावसायी संघ माई पश्चिममा पुन राजन दंगाल चुनिएका छन् । होटल व्यावसायी संघ माइपश्चिम क्षेत्रीय समितिको नयाँ नेतृत्व आइतबार इलामको चुलाचुलीस्थित चपेटी बनभोजसहितको १२ औ साधारणसभा गरि संघको  चयन गरेको हो । निर्वाचन समितिका संयोजक ज्ञानबहादुर कार्की ( हरि ) का अनुसार संघको अध्यक्षमा पुनः राजन दंगाल, वरिष्ठ उपाध्यक्षमा सुधिर प्रधान, उपाध्यक्षमा कुमार प्रसाद गौतम, महासचिवमा मदन ढकाल,सचिवमा योगराज दंगाल र कोषाध्यकुमार खनाल सर्वसम्मत निर्वा्चित भएका छन् । तीन वर्से कार्यकाल रहने उक्त समितिको सदस्यहरुमा भुपेन्द्र प्रसाद न्यौपाने,मिनकुमारी पुरी,सकुन्तला कार्की,नन्द प्रसाद चम्लागाई,राजकुमार गौतम,अम्बिका कुमाल, दिपेन्द्र वुढाथोकी र गणेश प्रसाद अधिकारी चयन भएका छन् । सोहि अवसरमा निर्वा्चित समितिलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सपथ समेत गराईएको थियो ।
होटल व्यवसायी संघका १ नम्बर प्रदेश समितिका अध्यक्ष मणिन्द्र कटुवालको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बा , नेकपाका नेता गगन पुरीलगायतले बोलेका थिए । त्यस अवसरमा होटल व्यवसायी सदस्यहरुवीच हण्डीफोर खेल समेत सञ्चालन गरिएको वनभोज कार्यक्रमका संयोजक तथा नवनिर्वा्चित सदस्य नन्द प्रसाद चम्लागाईले जानकार दिए ।
संघको नेतृत्व चयन गर्न अगुवा व्यवसायी कार्कीको संयोजकत्वमा पूर्व अध्यक्ष शिवप्रसाद पोख्रेल र गंगाप्रसाद सिटौला सदस्य रहेको एक निर्वाचन समिति गठन गरिएको थियो । संघको गत पुस ७ मा निर्वाचन भएपनि घोषणा भने साधारणसभाका बीच गरिएको थियो ।

Facebook Comments Box