प्रदेश सरकारले विकासको गियर चेन्ज गरिसक्यो– मन्त्री इन्द्रबहादुर आङ्बो

विराटनगर, १६ पौष / प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले विकासको गियर चेन्ज गरेको बताउनु भएको छ ,सञ्चारकर्मीहरुसंग कुरा गर्दै उहाँले अब नयाँ गतीका साथ विकासको काम गर्ने बताउनु भएको छ । उहाँले भन्नु भयो– हामी भर्खर प्रदेश संरचनाको विकास गर्दैछौं । पहिलो पटक बजेट आएको । कार्यालयहरु थिएनन्, आवश्यक कर्मचारीहरु अहिले पनि व्यवस्थापन भइसकेके छैनन् । यस्तो बेलामा प्रदेश सरकारको खर्च प्रतिशत हेर्ने र त्यसलाई उपलव्धि भयो वा भएन भनेर तुलना गर्नु त्यति व्यवहारिक हुन सक्दैन । उहाँले भन्नु भयो । कार्यान्वयनको दृष्टिले हेर्ने हो भने जनताको अपेक्षा अनुसार काम अघि बढ्न सकेको छैन । तर, अन्तर्रा्ष्ट्रिय अनुभवलाई हेर्ने हो भने भारतमा पूर्णरुपमा संविधान कार्यान्वयन गर्न ३० वर्ष र अमेरिकामा ४६ वर्ष लागेको देखिन्छ । हामीले त मोटामोटी ३ वर्षमा मुलभूत कानूनहरु बनाइसकेका छौं । संघीयता र वित्तिय संघीयता कार्यान्वयनको चरणमा छौं ।
हाम्रो पहिलो काम अहिलेको संविधानलाई कार्यान्वयन गर्नु नै हो । हामीले जनतालाई केही महत्वकांक्षी बनाएका छौं । निर्वाचनमा हामीले जनतालाई समृद्धीको सपना देखाएका छौं । त्यो सपना पुरा गर्ने र दिगो विकास लक्ष्य पुरा गर्ने कार्यभारसँगै मौलिक विकासको लक्ष्य प्राप्त गर्नुपर्ने दायित्वहरु छन् । यि मध्ये पहिलो कार्यभार भनेको संविधान कार्यान्वयनको कार्यभार नै हो । सँगसँगै विकास र समृद्धीको काम अघि बढाउनु जरुरी छ । यतिमात्र भनेर हामीले छुट पाउने अवस्था छैन । जनताले भौतिक विकासमा नतिजा खोजेका छन् । त्यसमा हामी गम्भिर भएर लागिपरेका छौं । पहिलो चौमासिकमा हामीले केही महत्वपूर्ण कामहरु सम्पन्न गरेका छौं । उहाँले भन्नु भयो । बजेट खर्च गर्न आवश्यक कार्यालय र इकाईहरु निर्माण गर्न पहिलो चौमासिकमा सफल भयौं । अब दोस्रो र तेस्रो चौमासिकमा हामी प्रयाप्त खर्च गर्ने गरी काम अघि बढाउँछौं । हामीले असार महिनामा भुक्तानी नदिने तर्फ गृहकार्य गरिरहेका छौं । असारमा खर्च गर्दा बढि दुरुपयोग हुने सम्भावनालाई रोक्न पनि त्यो जरुरी छ । त्यसैले अब सरकारको गति अहिले जुन रफ्तारमा वृद्धि भएको छ यो अझै बढ्छ । दोस्रो चौमासिक अन्त्य हुँदासम्म हामीले बजेटको धेरै कार्यक्रम अघि बढाइसकेका हुनैछौं र त्यसबाट विकासको एउटा स्वरुप देखिनेछ ।

